
जोस (नाइजेरिया), १ चैत । मध्य नाइजेरियाको एक गाउँमा बन्दुकधारी समूहले गरेको आक्रमणमा कम्तीमा २० जनाको ज्यान गएको छ । स्थानीय विकास सङ्गठनले शनिबार दिएको जानकारीअनुसार उक्त घटनामा सुरक्षाकर्मी तथा गाउँलेहरू मारिएका छन् भने आक्रमणकारीहरूले गाईवस्तु र अन्य सम्पत्ति पनि लुटेर लगेका छन् ।
स्थानीयवासीहरूले ‘डाकू’ भनेर चिन्ने अपहरणकारी गिरोहहरूले नाइजेरियाका ग्रामीण बस्तीहरूमा लामो समयदेखि आतङ्क मच्चाइरहेका छन् । यी समूहहरूले प्रायः फिरौती असुल्न र लुटपाट गर्न सामूहिक अपहरण तथा सशस्त्र आक्रमण गर्ने गरेका छन् । पछिल्लो आक्रमण शुक्रबार मध्य नाइजेरियाको पठार राज्यमा भएको हो ।
कानम डेभलपमेन्ट एसोसिएसनले जारी गरेको विज्ञप्तिमा बन्दुकधारीहरूले नियमित गस्तीमा रहेका सैनिकमाथि अचानक आक्रमण गरेको उल्लेख गरिएको छ । सङ्गठनका अनुसार आकस्मिक आक्रमणपछि भएको गोली हानाहानमा १२ जना सुरक्षाकर्मी मारिएका छन् । उ
नीहरूसँगै आफ्नो गाउँको सुरक्षा गर्न पुगेका आठ जना स्थानीयवासी पनि घटनामा ज्यान गुमाएका छन् । “आकस्मिक आक्रमणपछि भएको दुर्भाग्यपूर्ण गोली हानाहानमा राष्ट्रले कर्तव्य निर्वाह गर्दै अन्तिम बलिदान दिने बहादुर सुरक्षाकर्मीहरू गुमाएको छ”, सङ्गठनले जनाएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




