
पोखरा, ३ चैत। पाेखराकाे न्युराेडमा केन्द्रीय कार्यालय रहेकाे एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले बिभिन्न सामाजिक कार्यक्रम गरी आफ्नो १३औं वार्षिक उत्सव मनाएको छ। साे अवसरमा संस्थाले पोखरा २५ हेम्जामा रहेको मानव सेवा आश्रममा आश्रित व्यक्तिहरूका लागि खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रममा आश्रित बृद्दबृद्दाहरूका लागि खाना खुवाएर कार्यक्रम गरिएको बित्तिय संस्थाका कामु प्रमुख कार्यकारी अधिकृत सजल खड्काले बताए। कार्यक्रममा बोल्दै खड्काले एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड पोखराको हेम्जामै जन्म भई देशभर वित्तीय कार्यक्रम सञ्चालन गर्दै आइरहेको हुनाले यस क्षेत्रलाई आफ्नो वार्षिक उत्सवको अवसरमा सहयोग हस्तान्तरण कार्यक्रमको लागि छनोट गरेको बताए ।

कामु प्रमुख कार्यकारी अधिकृत खड्काले कुनै पनि संस्था समाजमा नै जन्मेर समाजमा नै हुर्कने हुँदा ती संस्थाहरूको समाजप्रतिको दायित्व स्वतः रहने साथै, नियमनकारी निकायले आफ्नो मातहतका संस्थाहरूलाई सामाजिक क्षेत्रमा कार्य गर्न उत्प्रेरित गरिरहेको हुँदा पनि विभिन्न संस्थाहरु पछिल्लो समय सामाजिक कार्यमा सक्रिय रहेको र आगामी दिनमा पनि संस्थाले यस्ता कार्यक्रमहरुमा निरन्तर रुपमा सहकार्य गर्दै जाने बिषयमा जोड दिएका थिए।

साे अवसरमा संस्थाले पोखरा लगायत आफ्ना सातवटै प्रदेश कार्यालयहरू मार्फत त्यस क्षेत्रमा विभिन्न सामाजिक कार्यहरू सम्पन्न गरेको बताइएकाे छ । संस्थाले इटहरी प्रादेशिक कार्यालय अन्तर्गत सुनसरी जिल्लाको रामधुनी नगरपालिका ३ स्थित पञ्चायत माध्यमिक विद्यालयलाई १ थान रङ्गिन प्रिन्टर सहयोग गरेको छ ।
बर्दिबास प्रादेशिक कार्यालय अन्तर्गत ईलाका प्रहरी कार्यालय ढल्केवरलाई फर्निचर सहयोग गरिएकाे छ । त्यस्तै धुलिखेल प्रादेशिक अन्तरगत पनौती ५ मा रहेको रुी महर्षी मुद्गल सान्दिपनी गुरुकुलमा खाद्यान्न तथा शैक्षिक समाग्री वितरण गरिएको थियाे । पोखरा प्रादेशिक कार्यालय अन्तर्गत कास्की जिल्लाको हेम्जामा अबस्थित श्री बिष्णुपादुका माध्यामिक बिद्यालयमा १ थान प्रिन्टर बितरण गरिएकाे जनाइएकाे छ ।

सिदार्थनगर प्रादेशिक अन्तर्गत शाखा कार्यालय सूर्यपुराको आयोजनामा श्री सूर्यपुरा माध्यमिक विद्यालय सूर्यपुरा, रुपन्देहीमा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न गरिएको छ । कर्णाली प्रादेशिक कार्यालय अन्तर्गत चौरजहारी नगरपालिकको वडा नं ११ खोलागाँउ स्थित श्री हिमालय नमुना माध्यमिक विद्यालयमा अध्ययनरत विधार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ ।

धनगढी प्रादेशिक कार्यालय अन्तर्गत अत्तरिया– कैलालीको बर्दगोरिया गाउँपालिका–२ मा रहेको सहारा घरलाई खाद्य सामग्री सहयोग गरिएको छ । संस्थाको धनगढी प्रादेशिक कार्यालय मार्फत सो खाद्यान्न सहारा घरलाई सहयोग गरिएको हो।
२०६९ साल चैत १ गते पोखराकाे हेम्जामा केन्द्रीय कार्यालय स्थापना गरि सुरु भएको संस्थाले हाल ६७ जिल्लाका १४८ शाखा मार्फत करिव १ लाख ५० हजार विपन्न तथा आर्थिक अवस्था कमजोर रहेका महिलाहरूमा वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । कृषि तथा साना उद्योग मार्फत उनिहरुको सामाजिक तथा आर्थिक स्थिती सुधार गर्नका लागि संस्थाले बिना ब्याज ऋण प्रदान गरी कार्य गरि रहेको बताइएकाे छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




