
पेरिस, ५ चैत । मध्यपूर्वमा जारी युद्ध ऊर्जा पूर्वाधारलाई लक्षित आक्रमणसँगै थप गम्भीर मोडमा पुगेको छ । कतारको प्रमुख ग्यास हब रस लाफानमा इरानी आक्रमणपछि लागेको आगो नियन्त्रणमा लिइए पनि तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) उत्पादनमा व्यापक क्षति पुगेको जनाइएको छ, जसले विश्व ऊर्जा आपूर्तिमा अनिश्चितता थपेको छ ।
गृह मन्त्रालयका अनुसार नागरिक सुरक्षा टोलीले आगलागी नियन्त्रणमा लिए पनि साइट सुरक्षित बनाउने र चिस्याउने काम जारी छ । यसैबीच, इरानले यस वर्षको सुरुतिर भएको अशान्तिका क्रममा प्रहरी अधिकारीहरूको हत्या गरेको र अमेरिका तथा इजरायलको पक्षमा काम गरेको आरोपमा तीन जनालाई मृत्युदण्ड दिएको जनाएको छ ।
उता, कतारले आक्रमणको प्रतिक्रियास्वरूप केही इरानी कूटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश दिएको छ । द्वन्द्वको तनाव थप चर्किँदै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको ग्यास पूर्वाधारमा थप आक्रमण भए इरानको विशाल दक्षिण पार्स ग्यास क्षेत्र नै ध्वस्त पार्ने चेतावनी दिनुभएको छ ।
ट्रम्पले इजरायलले सो क्षेत्रमा आक्रमण गरेको पुष्टि गरे पनि अमेरिकालाई त्यसबारे जानकारी नभएको दाबी गर्नुभएको छ । यता, इरानले पनि आफ्नो ऊर्जा पूर्वाधारमा थप आक्रमण भए खाडी क्षेत्रका तेल र ग्यास उद्योग पूर्ण रूपमा नष्ट गर्ने चेतावनी दिएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




