
काठमाडौं, १० चैत । नेप्सेकाे उकालाे लागेकाे यात्रा राेकिएकाे छैन । यसले लगानीकर्ताहरुकाे मनाेबल उच्च बनाएकाे देखिएकाे छ । साताकाे शेयर काराेबार हुने तेश्राे दिन मंगलबार नेपाली नेप्से परिसूचक २३.८३ अंकले बढेकाे छ । उसाे त बितेका चार दिनका काराेबार सकारात्मक रहेका थिए ।
नेप्से परिसूचक २३.८३ अंक बढेर २९६०.४० विन्दुमा उक्लिएकाे हाे । सेन्सेटिभ इण्डेक्स १.९७ अंकले बढेको छ । फ्लोट इण्डेक्स ०.९१ अंकले बढ्दा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८२ अंकले बढेको छ।

काराेबार रकम भने साेमबारकाे तुलनामा केहि घटेकाे छ । उक्त दिन १५ अर्ब ७८ करोडकाे काराेबार भएकाेमा यसदिन ३४१ कम्पनीहरुकाे १ लाख २६ हजार ९४७ पटकको कारोबारबाट १४ अर्ब ८३ करोड ९१ लाख ८३ हजार रुपैयाँ बराबरको ३ करोड ५८ लाख २२ हजार कित्ता किनबेच भएको छ।
नेप्सेका अनुसार ५ वटा कम्पनीहरुकाे शेयरमा सकारात्मक सर्किट लागेर काराेबार भएकाे छ । उनीहरुमा सालपा विकास बैंक, रिलायन्स स्पिनिङ्ग मिल्स, सोलु हाइड्रोपावर, हिमालयन पावर पार्टनर र भुजुङ्ग हाइड्रोपावर रहेका छन्।
होटल फरेष्ट इन, विशाल बजार कम्पनी र सिन्धु विकास बैंकको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ । अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ६ प्रतिशत बढी बढेको छ भने कारोबारमा आएको फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६.५६ प्रतिशत घटेको छ।
कारोबारकाे आधारमा राधी विद्युत कम्पनी अगाडी रहेकाे छ। कम्पनीको ६७ करोड ४३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। अपि पावर कम्पनीको करिब ५८ करोडकाे र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको संस्थापक शेयरको कारोबार साढे ४५ करोड बढीकाे भएकाे छ।
१३ उपसमूहमध्ये ८ वटा उपसमूहहरुमा हरियाे लागेकाे छ । बाँकी रहेका ५ उपसमूहहरुमा राताे लागेकाे छ । व्यापार उपसमूहको परिसूचक ९.१२ अंकले बढेको छ। विकास बैंक उपसमूहको परिसूचक करिब साढे १ प्रतिशत बढेको छ। होटल तथा पर्यटन, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक थाेरै घटेको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




