
काठमाडौं, २३ चैत । साताको शेयर काराेबार हुने दोस्रो दिन साेमबार नेप्सेमा करेक्सन भएकाे छ । अघिल्लाे दिन उच्च अंकले घटेर बन्द भएकाे बजार यसदिन उच्च अंकले बढेर बन्द भएकाे छ ।
बितेका केहि दिनदेखि शेयर बजारमा गिरावट भइरहेकाे थियाे । सरकारले सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि व्यवसायीहरुलाई पक्राउ गर्न थालेपछि नेप्से नकारात्मक लयमा गएकाे थियाे ।
साेमबार बिहान अर्थमन्त्री डा स्वर्णिम वाग्ले र एसवानकाे टाेलीबिच भएकाे वार्तामा अर्थमन्त्री सकारात्मक भएकाे जनाउ पाएपछि नेप्से उकालाे लागेकाे हाे । कुराकानीमा सरकार निजी क्षेत्र र पूँजीबजारमैत्री रहेको वाग्लेले आश्वासन दिएका थिए । उनले साे अवसरमा इन्साइडर ट्रेडिङ्ग, म्यानिपुलेसन र अनैतिक कार्य नगर्नु पर्नेमा जाेड दिएका थिए ।

नेप्से परिसूचक ८३.३३ अंकले बढेर २७६०.०२ विन्दुमा उक्लिएकाे छ। सेन्सेटिभ इण्डेक्स १४.३० अंकले बढेको छ । फ्लोट इण्डेक्स ६.०१ अंकले तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ५.०३ अंक बढेको छ।
नेप्सेमा हरियाली छाएपनि काराेबार रकम अघिल्लो दिनकोभन्दा कम भएकाे छ । आइतबार १२ अर्ब ३८ करोड रुपैयाँबराबरको शेयर किनबेच भएकाेमा यसदिन ३४५ कम्पनीहरुकाे १ लाख २४ हजार ९३ पटक शेयर काराेबार हुँदा १० अर्ब ९२ करोड ८५ लाख ६ हजार रुपैयाँबराबरको काराेबार भएकाे हाे । यसमा २ करोड ५१ लाख ५५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
उपकार लघुवित्त वित्तीय संस्था, भुजुङ्ग हाइड्रोपावर, रिडी हाइड्रोपावर, नेशनल हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेष्ट इनको शेयर सकारात्मक सर्किट लागेर काराेबार भएकाे छ ।
कारोबारकाे आधारमा रिलायन्स स्पिनिङ्ग मिल्स अगाडी रहेकाे छ। कम्पनीको १ अर्ब १३ करोड ५८ लाख ५८ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको हाे । हिमालयन रि इन्स्योरेन्सको करिब ५५ करोड रुपैयाँको शेयर किनबेच भएको । एनआरएन इन्फ्रास्ट्रक्चरको ४८ करोड रुपैयाँ बढीकाे काराेबार भएकाे छ।
१३ वटै उपसमूहहरुमा हरियाली छाएकाे छ। जलविद्युत उपसमूहको परिसूचक ४.५९ प्रतिशत बढेको छ। वित्त उपसमूहको परिसूचक ४ प्रतिशत बढेको छ । यस्तै बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन र लगानी उपसमूहको परिसूचक ३ प्रतिशत बढी बढेको नेप्सेले जनाएकाे छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




