कालंगा हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     चैत्र २४ गते २०८२ मा प्रकाशित



काठमाडौं, २४ चैत । कालंगा हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले चैत १० गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि शेयर निष्काशन गरेकाे थियाे ।

कम्पनीले ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा १४ करोड रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १४ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेकाे हो।

९ लाख १० हजार कित्ता आयोजनाबाट अति प्रभावित क्षेत्र बझाङ्गकाे केदारस्यूँ गाउँपालिका वडा नं. ४ र ५, बित्थडचिर गाउँपालिका वडा नं. ६ र ८, बुंगल नगरपालिकाको वडा नं. ३, ४, ६, ८ र ५, बैतडीकाे डिलासैनी गाउँपालिका वडा नं. १ र २ र दार्चुला जिल्ला शैल्यशिखर नगरपालिका वडा नं. १ का स्थायी बासिन्दाहरुका लागि बाँडफाँट गरिने भएकाे छ ।

४ लाख ९० हजार कित्ता शेयर बझाङ्गकाे केदारस्यूँ गाउँपालिका, बित्थडचिर गाउँपालिका र बुंगल नगरपालिका, बैतडीको डिलासैनी गाउँपालिका र दार्चुलाको शैल्यशिखर नगरपालिकाको अतिप्रभावित क्षेत्रमा नपरेका सम्पूर्ण वडावासीका लागि रहेकाे छ ।

सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको ३ करोड ५० लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरकाे ३ लाख ५० हजार कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि रहेकाे छ ।

शेयरमा न्यूनतम १० कित्ता र बढीमा २० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानियले चैत २४ गतेसम्म र ढिलोमा २०८३ बैशाख ९ गतेसम्म आवेदन दिन पाउनेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले चैत १५ गतेसम्म र ढिलोमा चैत २४ गतेसम्म

शेयरमा न्यूनतम १० कित्ता र बढीमा २० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानियले चैत २४ गतेसम्म र ढिलोमा २०८३ बैशाख ९ गतेसम्म आवेदन दिन पाउनेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले चैत १५ गतेसम्म र ढिलोमा चैत २४ गते

शेयरमा न्यूनतम १० कित्ता र बढीमा २० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानियले चैत २४ गतेसम्म र ढिलोमा २०८३ बैशाख ९ गतेसम्म आवेदन दिन पाउनेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले चैत १५ गतेसम्म र ढिलोमा चैत २४ गते

शेयरमा न्यूनतम १० कित्ता र बढीमा २० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानियले चैत २४ गतेसम्म र ढिलोमा २०८३ बैशाख ९ गतेसम्म आवेदन दिन पाउनेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले चैत १५ गतेसम्म र ढिलोमा चैत २४ गते आजसम्म आवेदन दिन पाउनेछन्।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।