
काठमाडौं, २५ चैत । कालिन्चोक हाइड्रोपावर लिमिटेडले चैत २२ गतेदेखि निष्काशन गरेकाे शेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि शेयर निष्काशन गरेर बाँडफाँटपछि सर्वसाधारणका आईपीओ खुलाएकाे हाे ।
कम्पनीले १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता शेयर निष्काशनकेा अनुमति पाएकोमा ५ लाख ५० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि रहेकाे छ । ८२ हजार ५०० कित्ता विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि बाँडफाँट भइसकेकाे छ।
यस दोस्रो चरणमा ४१ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि रहेकाे छ । १६ हजार ५०० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएकाे छ भने प्रतिशेयर १०० रुपैयाँ अंकित दरले ६ करोड ८४ लाख ७५ हजार रुपैयाँबराबरको ६ लाख ८४ हजार ७५० कित्ता सर्वसाधारणका खुला गरिएकाे हाे ।
लगानीकर्ताले घटीमा १० र बढीमा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। यसका लागि चैत २५ गतेसम्म आवेदन दिन पाइनेछ । ढिलोमा २०८३ बैशाख ६ गतेसम्म आवेदन दिन सकिनेछ।
शेयरमा लगानीका लागि लगानीकर्ताले सबाेनबाट अनुमति लिएका सिआस्बा सेवामा रहेका बैंक तथा वित्तीय संस्था र तोकिएका शाखाहरुबाट आवेदन दिन सक्नेछन्। साथै मेरो शेयर अनलाइनबाट पनि आवेदन दिन पाइनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




