
मुस्ताङ, २५ चैत। मुस्ताङमा सातौँ पटक फेरि हिमपात भएको छ । आज दिउँसो ११ः०० बजेदेखि बारागुङ मुक्तिक्षेत्र र उपल्लो मुस्ताङमा हिमपात भएको हो । यसअघि गत शनिबार र सोमबार पनि मुस्ताङमा भारी हिमपात भएको थियो ।
गत कात्तिक १० गते पहिलो हिमपात भएकामा जारी सिजनको चैत महिना सकिन लाग्दा मुस्ताङमा पटकपटक हिमपात र वर्षा हुने क्रम रोकिएको छैन । गर्मीयाम सुरु भइसक्दासमेत हिमपात हुनेक्रम नरोकिँदा मुक्तिनाथ मन्दिरको दर्शन र उपल्लो मुस्ताङ घुम्न जाने पर्यटकको यात्रा कष्टकर बनेको छ ।
गर्मीयाम लाग्ने बेलामा समेत हिमपात हुँदा तीर्थयात्रीको आवागमनमा कठिनाइ भइरहेको बारागुङ मुक्तिक्षेत्र– १ का वडाध्यक्ष प्रमेश गुरुङले बताउनुभयो । हिमपात भए पनि जमिन तातिएकाले पग्लिएर सडक हिलाम्मे भएको छ ।
उपल्लो मुस्ताङमा हिमपातका कारण चिसो बढेपछि स्थानीयवासीको दैनिकीमा असर परेको छ । हिमपात भएपछि स्थानीय घरबाहिर निस्कन सकेका छैनन् भने पशुचौपायालाई आहारा व्यवस्थापन तथा चरनक्षेत्रमा लैजान समस्या भएको छ ।
हुम्लामा हिमपातले जनजीवन कष्टकर
आज बिहानदेखि जिल्लाको माथिल्लो भेगमा हिमपात सुरु भएको छ । उत्तरी नाम्खा गाउँपालिकाको यारी, हिल्सा, लिमी, न्यालु, चालालगायत क्षेत्रमा हिमपात भइरहेको नाम्खा–६ लिमीका वडाध्यक्ष पाल्जोर तामाङले बताउनुभयो । वडाध्यक्ष तामाङका अनुसार उच्च भेगमा हिमपात भइरहेको छ भने होचो भेगमा पानी परिरहेको छ ।
जिल्लाको दक्षिणी भेगमा पानी परिरहेको छ । सदरमुकाम सिमकोटमा हिमपात हुँदा चिसो अत्यधिक बढेको छ । चिसोले सरकारी तथा गैरसरकारी कार्यालयमा कर्मचारीलाई काम गर्न असहज भएको छ । साथै सेवाग्राही पनि चिसोका कारण कमै उपस्थित हुने गरेका छन् । गाउँघरमा पानी पर्दा किसान खुसी भएका छन् । यतिबेला परेको पानीले कृषकलाई राहत हुने बताइएको छ ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




