
काठमाडौं, २६ चैत । नाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन गरेकाे छ । इन्स्योरेन्सले हाल कायम रहेकाे चुक्ता पूँजीको १० प्रतिशत हकप्रद शेयर निष्काशन गरेकाे हो।
इन्स्योरेन्सले १०० कित्ता बराबर नयाँ १० कित्ता रेसियाेमा हकप्रद निष्काशन गरेकाे हो। जुसअनुसार इन्स्योरेन्सले २३ करोड १० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा २३ लाख १० हजार कित्ता हकप्रद निष्काशन गरेकाे छ ।
इन्स्योरेन्सले हकप्रद शेयर निष्काशनकाे प्रयोजनका लागि फागुन १७ गते बुकक्लोज गरेको थियो। फागुन १४ गतेसम्म नेप्सेमा शेयर कारोबार गरी कायम भएका शेयरधनीहरुले आवेदन दिन पाउनेछन्। यसका लागि २०८३ बैशाख १६ गतेसम्म आवेदन दिन पाइनेछ।
शेयरमा लगानीका लागि शेयरधनीहरुले बिक्री प्रबन्धक बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल, लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा र सेबाेनबाट सिआस्वा सेवामा रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।
इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपछि चुक्ता पूँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्नेछ।
इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




