चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले आइपिओ निष्कासन गर्ने

-



     सफल आवाज    
     चैत्र २९ गते २०८२ मा प्रकाशित



काठमाडौं, २९ चैत । चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले सर्बसाधारणका लागि आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता शेयर खुलाउने भएको हाे ।

कम्पनीको शनिबार सम्पन्न पहिलो साधारणसभाले आइपिओ निष्कासन गर्ने प्रस्ताव अनुमाेदन गरेकाे जनाइएकाे छ । कम्पनीको अधिकृत पूँजी ५० करोड रुपैयाँ रहेकाे छ ।

साधारणसभाबाट ४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरिएकाे छ । यस्तै ६ जना संचालकहरु निर्बिरोध रुपमा चयन गरिएकाे छ ।

नवनिर्वाचनबाट संचालकहरुमा राजन श्रेष्ठ, रामराजा आचार्य, प्रकाशमान श्रेष्ठ, धिरेन्द्र श्रेष्ठ, शंकर महर्जन र बीरेन्द्र श्रेष्ठ रहेका छन् । सभाले अध्यक्ष राजन श्रेष्ठले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन तथा लेखा परीक्षकको प्रतिवेदन पारित गरेको छ ।

होल्डिङ कम्पनीकाे रुपमा रहेको चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले इन्द्रेणी मस्रुम फार्म, द निलय होटल्स लिमिटेड, काउले भाइनियार्ड एग्रो, एभरेष्ट कलर र मेरो किसार्नलगायतका कम्पनीमा लगानी गरेको छ ।