
कायरो, ३ वैशाख । करिब सात हप्तादेखि जारी अमेरिका–इरान युद्धलाई कूटनीतिक बाटोबाट समाधानतर्फ लैजान प्रयास तीव्र बनिरहेका बेला पाकिस्तान नयाँ प्रमुख मध्यस्थकर्ताको रूपमा उभिएको छ । यसै क्रममा पाकिस्तानी सेना प्रमुख तेहरान पुगेर इरानी नेतृत्वसँग वार्ताको अर्को चरण अघि बढाउने तयारीमा जुट्नुभएको छ ।
मध्यपूर्वमा बढ्दो तनाव कम गर्ने उद्देश्यसहित भएको यो उच्चस्तरीय पहलले अमेरिका र इरानबीच दोस्रो चरणको प्रत्यक्ष संवादको सम्भावना पुनर्जीवित गरेको सङ्केत दिएको छ । ह्वाइट हाउसले पनि इस्लामाबादमा थप वार्ता हुन सक्ने उल्लेख गरेको छ, यद्यपि औपचारिक निर्णय भने भइसकेको छैन । यसअघि इस्लामाबादमै भएको प्रत्यक्ष संवादले दुई पक्षबीचको मतभेद घटाउन मद्दत गरेको अधिकारीहरूले बताएका छन् ।
त्यसकै निरन्तरताका रूपमा विशेषगरी युद्धविरामको समयसीमा सकिनुअघि अर्को चरण सुरु गर्ने लक्ष्यसहित पाकिस्तानले पुनः वार्ताको वातावरण बनाउन खोजिरहेको छ । तर कूटनीतिक प्रयाससँगै दबाबको रणनीति पनि जारी छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले ट्रम्प प्रशासनले इरानसँग व्यापार गर्ने मुलुकहरूमाथि थप आर्थिक प्रतिबन्ध लगाउने तयारी गरेको बताउनुभयो । उहाँले यसलाई बम आक्रमणको ‘वित्तीय समकक्ष’ का रूपमा व्याख्या गर्नुभएको छ ।
यता क्षेत्रीय स्रोतहरूका अनुसार अमेरिका र इरानबीच युद्धविराम थप विस्तार गर्ने विषयमा ‘सैद्धान्तिक सहमति’ बनेको छ, जसले थप वार्ताका लागि समय उपलब्ध गराउनेछ । यद्यपि, इरानी बन्दरगाहहरूमा अमेरिकी नाकाबन्दी र तेहरानका कडा प्रतिक्रियाले यो सहमति अझै संवेदनशील अवस्थामा रहेको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले पाकिस्तानी सेना प्रमुख असिम मुनिरसँग प्रारम्भिक छलफल गरिसक्नुभएको छ ।
तर, इरानी सैन्य नेतृत्वबाट आएका कडा अभिव्यक्तिहरूले स्थिति अझै जटिल रहेको सङ्केत दिएका छन् । इरानले नाकाबन्दी नहटाइए क्षेत्रीय व्यापार अवरुद्ध गर्ने चेतावनी दिएको छ भने सर्वोच्च नेतृत्वका सल्लाहकारहरूले युद्धविराम विस्तारप्रति असन्तुष्टि जनाएका छन् ।








काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने…
काठमाडौं, ७ मंसिर। भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले नेपाल र भारतबीचको सम्बन्ध हिमालय… 




