
काठमाडौं, ४ वैशाख । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले नाफा घटेकाे छ । संस्थाकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा गएकाे आर्थिक वर्षकोभन्दा केहि घटेको हाे ।
चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्म संस्थाले रुपैयाँ ६ करोड ५६ लाख खुद नाफा कमाएको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा ६.०८ प्रतिशत थाेरै हो। गएकाे वर्षको सोही अवधिमा रुपैयाँ ६ करोड ९८ लाख नाफा गरेकाे थियाे।
लघुवित्तको खुद ब्याज आम्दानी १३.६५ प्रतिशत घटेको छ । खुद फि तथा कमिशन आम्दानी ३.५० प्रतिशत, कुल सञ्चालन आम्दानी १२.८० प्रतिशत तथा सञ्चालन मुनाफा ६.६९ प्रतिशतले घटेको छ। वितरणयोग्य मुनाफा ५ करोड ६७ लाख रुपैयाँ रहेकाे छ ।
प्रतिशेयर आम्दानी ५५ पैसा घटेर ८ रुपैयाँ ४६ पैसा कायम भएकाे छ । मूल्य आम्दानी अनुपात ८२.९३ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ७ पैसा रहेको छ।
संस्थाकाे चुक्ता पूँजी १ अर्ब ३ करोड ४० लाख रुपैयाँ रहेकाे छ । जगेडा कोषमा २४ करोड ८९ हजार रुपैयाँ रहेकाे छ। पहिलो ९ महिनामा संस्थाले ४ अर्ब ६० करोड ८९ लाख रुपैयाँ सापटी लिएकाे र ४ अर्ब ८२ करोड ९२ लाख रुपैयाँ कर्जामा लगानी गरेको जनाइएकाे छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




