
न्यूयोर्क, ५ वैशाख । संयुक्त राष्ट्र सङ्घले होमुज जल क्षेत्र खोल्ने इरानीे घोषणाको स्वागत गरेको जनाइएको छ । घोषण अनुसार संयुक्त राज्य अमेरिकासँग तथ भएको युद्धविराम अवधि भर सबै व्यावसायिक जहाजहरूका लागि हार्मुज जलक्षेत्र पूर्ण रूपमा खुल्ने छ ।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले विज्ञप्ति जारी गर्दै होर्मुज खोल्ने घोषणा सही कदम भन्दै यसको स्वागत गर्नु भएको छ । उहाँले संयुक्त राष्ट्र सङ्घको अडान स्पष्ट रहेको बताउदै होर्मुजमा अन्तर्राष्ट्रिय जहाजको अधिकार र स्वतन्त्रता लगायतका सबै पक्षहरू पूर्ण रूपमा पुनस्र्थापित र सम्मान गर्नु पर्ने बताउनु भएको छ ।
उहाँले यी युद्धविरामकोआशा व्यक्त गर्दे यो कदमले द्वन्द्वरथ पक्षहरू बीच विश्वास निर्माण गर्न र पाकिस्तानको मध्यस्थतामा स्थायी युद्धविरामको लागि जारी वार्तालाई बलियो बनाउन योगदान पुग्ने बताउनु भएको छ । संयुक्त राष्ट्र संघका प्रवक्ता स्टेफेन डुजारिकले मध्य पूर्वमा हालको द्वन्द्व समाधान गर्न शान्तिपूर्ण बाटो खोज्ने कूटनीतिक प्रयासहरूलाई पूर्ण रूपमा समर्थन गर्ने महासचिवको प्रतिबद्धता पुष्टि गर्नु भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस हघि नै व्यावसायिक ढुवानीको लागि हार्मुज पूर्ण रूपमा खोल्ने इरानीे घोषणाको स्वागत गरेको घोषणा गर्नु भएको थियो ।








काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने…
काठमाडौं, ७ मंसिर। भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले नेपाल र भारतबीचको सम्बन्ध हिमालय… 




