कामना सेवा विकास बैंकको नाफामा १९.३७ प्रतिशतले बृद्धि

-



     सफल आवाज    
     वैशाख ६ गते २०८३ मा प्रकाशित



काठमाडौं, ६ वैशाख । कामना सेवा विकास बैंककाे नाफामा सामान्य बृद्धि भएकाे छ । बैंककाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा केहि बढेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंकले ५८ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जाे गएकाे आर्थिक वर्षको सोही अवधिकोभन्दा १९.३७ प्रतिशतले धेरै हो। गत आर्थिक वर्षको सोही अवधिमा याे नाफा ४९ करोड ३१ लाख रुपैयाँ थियो।

बैंकको खुद ब्याज आम्दानी ९.२६ प्रतिशत बढेको छ । खुद फि तथा कमिशन आम्दानी ९.६० प्रतिशत र कुल सञ्चालन आम्दानी ८.४४ प्रतिशतले बढेकाे छ । सञ्चालन मुनाफा १८.३४ प्रतिशतले बढेको छ।

चैत मसान्तसम्म वितरणयोग्य मुनाफा १६.४६ प्रतिशत घटेको छ। निष्क्रिय कर्जा बढेर ४.४ प्रतिशतमा पुगेको छ। प्रतिशेयर आम्दानी १ रुपैयाँ ५९ पैसा बढेर २० रुपैयाँ ३२ पैसा भएकाे छ । मूल्य आम्दानी रेसियाे २४.२ गुणा रहेकाे छ । प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ ५७ पैसा छ।

बैंकको चुक्ता पूँजी ४ अर्ब २१ करोड १९ लाख रहेकाे छ । जगेडा कोषमा २ अर्ब ४५ करोड४९५ लाख रुपैयाँ रहेकाे छ। यस अवधिमा ६४ अर्ब ९५ करोड ७ लाख रुपैयाँ निक्षेप संकलन गरेकाे छ भने ५३ अर्ब ५३ करोड ८६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको जनाइएकाे छ।