बैशाख २१ गतेदेखि सिद्धार्थ इक्विटी फण्ड २ आउदै

-



     सफल आवाज    
     वैशाख ७ गते २०८३ मा प्रकाशित



काठमाडौं, ७ वैशाख । सिद्धार्थ क्यापिटलले बैशाख २१ गतेदेखि सामूहिक लगानी कोष सिद्धार्थ इक्विटी फण्ड २ को इकाई सार्वजनिक निष्काशनमा गर्ने भएकाे छ।

प्रतिइकाई १० रुपैयाँ अंकित मूल्या एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन गरिने भएकाे छ । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन याे योजनाकाे अवधि १२ वर्गकाे रहनेछ । याे बन्दमुखी योजना हो।

कुल १० करोड इकाईको न्यूनतम १ करोड ५० लाख इकाई कोष प्रवर्धक कम्पनी सिद्धार्थ बैंक लिमिटेडका लागि सुरक्षित गरीनेछ । ८५ करोड रुपैयाँ बराबरको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गरिने भएकाे छ । यस योजनामा १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाइने छ।

यसमा बैशाख २४ गतेसम्म आवेदन दिन पाइनेछ। साे समयमा सबै इकाई बिक्री नभएमा जेठ ४ गतेसम्म आवेदन दिन पाइने जनाइएकाे छ ।

योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।