
काठमाडौं, ७ वैशाख । साताको शेयर काराेबार हुने पहिलो दिन साेमबार नेपाली शेयर बजारमा नेप्से परिसूचक तथा कारोबार दुबैमा गिरावट भएकाे छ । यसअघि शुक्रबार सामान्य अंकले बढेर बन्द भएको नेप्सेमा पहिलाे काराेबारकाे दिन साेमबार घटेर बन्द भएको हो।
नेप्से परिसूचक १३.१७ अंकले घटेर २८२५.२३ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ३.२१ अंकले घटेको छ । फ्लोट इण्डेक्स १.१९ अंकले तथा सेन्सेटिभ फ्लोट इण्डेक्स १.२३ अंकले घटेको छ।

यसदिन कारोबार रकम पनि गिरावट भएकाे छ। गएकाे शुक्रबार ७ अर्ब ४६ करोड ६ लाख ९८ हजार रुपैयाँबराबरको शेयर काराेमार भएकाेमाे यसदिन ३४९ कम्पनीहरुकाे १ लाख १६ हजार ३१० पटक कारोबार हुँदा ५ अर्ब ४३ करोड ४२ लाख ४० हजार रुपैयाँबराबरको १ करोड १६ लाख ५३ हजार कित्ता शेयर किनबेच भएकाे छ ।
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टको शेयरमा सकारात्मक सर्किट लागेर काराेबार भएकाे छ । झापा इनर्जीको शेयरमूल्य करिब १२ प्रतिशतले बढेको छ । रिज लाइन इनर्जीको शेयरमूल्य ११ प्रतिशतले बढेको छ भने दोल्टी पावरको शेयरमूल्य ५.३५ प्रतिशतले घटेको नेप्सेले जनाएकाे छ।
कारोबारकाे आधारमा सोलु हाइड्रोपावर अगाडी रहेकाे छ। कम्पनीको ३६ करोड १ लाख ५९ हजार रुपैयाँबराबरको शेयर काराेबार भएकाे छ। सोलु हाइड्रोपावरको ३० करोड रुपैयाँको कारोबार भएको छ । नेशनल हाइड्रोपावरको साढे २८ करोड रुपैयाँ बराबरकाे काराेबार भएकाे छ।
१३ उपसमूहमध्ये १ उपसमूहमा हरियाे लागेकाे छ । बाँकी १२ उपसमूहहरुमा राताे लागेकाे छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक १.०१ प्रतिशतले बढेको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




