नेप्से सामान्य अंकले घट्याे, ७ अर्ब ८१ करोडको कारोबार

-



     सफल आवाज    
     वैशाख ९ गते २०८३ मा प्रकाशित



काठमाडौं, ९ वैशाख । साताको शेयर कारोबार हुने तेश्रो दिन बुधबार नेपाली शेयर बजारमा सामान्य अंकको गिरावट भएको छ ।

नेप्से परिसूचक २.९५ अंकले घटेर २८०४.१७ विन्दुमा झरेको छ । नेप्सेमा ०.१० प्रतिशतले गिरावट भएको छ । यसदिन दिन ३४२ कम्पनीहरुको १ करोड ७५ लाख ८८ हजार ८५४ कित्ता शेयरको खरिदबिक्री हुँदा ७ अर्ब ८१ करोड ३९ लाख ४७ हजार ३४२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको ४१ करोड ३४ लाख ७८ हजार ३८० रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा बढी पाल्पा सिमेन्ट इन्डस्ट्रिजको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य १५ प्रतिशतले बढेको छ । सबैभन्दा बढी होटल फरेस्ट इन लिमिटेडको शेयरभूल्य घटेको छ । कम्पनीको शेयरमूल्य १०.७५ प्रतिशतले बढेको छ ।

१३ उपसमूहहरुमध्ये ५ वटामा हरियो लागेको छ । बाँकी रहेका ८ वटा उपसमूहहरुमा भने रातो लागेको छ ।