
काठमाडौं, १० वैशाख । गरिमा विकास बैंक लिमिटेडले आफ्नो सेवाको गुणस्तर र सूचना सुरक्षा प्रणालीमा उत्कृष्टता प्रदर्शन गर्दै दुईवटा प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गरेको छ।
बैंकले गुणस्तरीय बैंकिङ सेवाका लागि ISO 9001:2015 र सूचना सुरक्षा व्यवस्थापनका लागि ISO 27001:2022 प्रमाणीकरण प्राप्त गरेको हो।
यससँगै गरिमा विकास बैंक नेपालका ती सीमित संस्थाहरूको सूचीमा दरिएको छ। जसले एकैसाथ दुईवटा महत्वपूर्ण अन्तर्राष्ट्रिय ISO प्रमाणपत्र हासिल गर्न सफल भएकाे छ ।
प्रमाणपत्र हस्तान्तरण कार्यक्रम
बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटमा आयोजित एक विशेष समारोहका बीच विश्वव्यापी सर्टिफिकेसन संस्थाका तर्फबाट लिड अडिटर रोशन श्रेष्ठले बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायलाई उक्त प्रमाणपत्रहरू हस्तान्तरण गरेका थिए।
“यो उपलब्धिले गरिमा विकास बैंक गुणस्तरीय बैंकिङ सेवा प्रवाह र सूचना प्रविधिको सुरक्षामा कति संवेदनशील छ भन्ने कुरालाई पुष्टि गरेको छ। हामी आगामी दिनमा अझ प्रभावकारी र सुरक्षित सेवा प्रदान गर्दै अगाडि बढ्नेछौँ, प्रमुख कार्यकारी अधिकृत उपाध्यायले भने ।
महत्वपूर्ण उपलब्धिहरू:
- ISO 9001:2015: ग्राहक सन्तुष्टि र सेवाको गुणस्तरमा निरन्तर सुधारको सुनिश्चितता।
- ISO 27001:2022: बैंकको डिजिटल बैंकिङ र आन्तरिक तथ्याङ्कको सुरक्षा प्रणाली विश्वस्तरीय रहेको प्रमाण।
- सीमित सूचीमा समावेश: दुवै प्रमाणपत्र एकैसाथ पाउने थोरै वित्तीय संस्थाहरूमध्ये एक।
हाल गरिमा विकास बैंकले देशभर आफ्ना १२६ शाखा कार्यालयहरू मार्फत करिब ९ लाख ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ। बैंकले सरल, सुरक्षित र विश्वसनीय ढंगले डिजिटल र भौतिक दुवै माध्यमबाट आधुनिक बैंकिङ सेवा पुर्याइरहेको छ।
यो नयाँ अन्तर्राष्ट्रिय मान्यताले बैंकप्रति ग्राहकहरूको विश्वास थप प्रगाढ बनाउने र डिजिटल बैंकिङको युगमा सुरक्षाको सुनिश्चितता दिने अपेक्षा गरिएको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




