
काठमाडौं, १७ वैशाख । सोपान फर्मास्यूटिकल्स लिमिटेडको साधारण शेयर (आईपीओ) आज बिहीबार बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा गोलाप्रथा मार्फत शेयर बाँडफाँट गरिएको हो।
२७ लाखभन्दा बढीको आवेदन, साढे ३ लाखलाई मात्र शेयर
कम्पनीले गत वैशाख ३ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि कुल ३४ लाख ७४ हजार ९०० कित्ता शेयर निष्काशन गरेको थियो। उक्त निष्काशनमा झुम्मिएका लगानीकर्ताहरूको चापका कारण मागभन्दा निकै बढी आवेदन परेको थियो।
- कुल आवेदक: २७ लाख ३० हजार ९८७ जना
- कुल माग कित्ता: २ करोड ९९ लाख ६ हजार ५२० कित्ता
- शेयर प्राप्त गर्ने आवेदक: ३ लाख ४७ हजार ४९० जना
- वितरण गरिएको शेयर: प्रतिव्यक्ति १० कित्ता
मागभन्दा ८.६ गुणा बढी आवेदन
कम्पनीको आईपीओमा मागभन्दा करिब ८.६ गुणा बढी आवेदन परेकाले गोलाप्रथाबाट भाग्यशाली आवेदकहरू छानिएका हुन्। आवेदन दिएका कुल २७ लाख ३० हजारमध्ये करिब २३ लाख ८३ हजारभन्दा बढी लगानीकर्ताको हात खाली भएको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ३४ करोड ७४ लाख ९० हजार रुपैयाँ बराबरको शेयर सर्वसाधारणका लागि खुला गरेको थियो।
कसरी हेर्ने नतिजा?
लगानीकर्ताले आईपीओ बाँडफाँटको नतिजा तलका आधिकारिक माध्यमबाट हेर्न सक्नेछन्: १. सिडिएससीको आईपीओ रिजल्ट पोर्टल: iporesult.cdsc.com.np २. बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइट र ३. मेरो शेयर (Mero Share) सफ्टवेयरमार्फत हेर्न सकिनेछ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




