
मनिला, २१ वैशाख । फिलिपिन्सको प्रसिद्ध तर जोखिमपूर्ण मेयन ज्वालामुखीबाट एक्कासि खसेको बाक्लो खरानीले जनजीवन प्रभावित बनाउँदा ३०० भन्दा बढी परिवार विस्थापित भएका छन् । अधिकारीहरूका अनुसार सप्ताहन्तमा ज्वालामुखीको ढलानमा जम्मा भएको लावा एक्कासि खस्दा ठूलो मात्रामा खरानी फैलियो, जसका कारण आसपासका बस्तीहरू तत्काल खाली गराउनुपरेको थियो ।
अधिकारीहरूका अनुसार मेयनबाट कुनै ठूलो विस्फोट नभए पनि यसको दक्षिणपश्चिमी ढलानमा जम्मा भएको लावाको विशाल भण्डार अचानक खस्दा पाइरोक्लास्टिक प्रवाह उत्पन्न भएको थियो । फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिस्मोलोजीका निर्देशक टेरेसिटो बाकोलकोलका अनुसार तातो चट्टान, खरानी र ग्यास मिसिएको यो प्रवाह शनिबार रातअघि तीव्र गतिमा तल झरेको थियो, जसले आसपासका क्षेत्रमा भय र त्रास फैलाएको थियो ।
यस घटनाबाट कुनै मानवीय क्षति नभएको जानकारी दिइएको छ । तर तीन सहरअन्तर्गत पर्ने ८७ वटा गाउँमा खरानीको बाक्लो बादल फैलिँदा जनजीवन प्रभावित भएको थियो । दृश्यता अत्यन्त न्यून हुँदा सवारी आवागमनमा समेत समस्या आएको अधिकारीहरूले बताएका छन् । ज्वालामुखीको फेदमा रहेको क्यामालिग सहरका मेयर कालोय बाल्डोका अनुसार खरानीको घनत्व यति धेरै थियो कि मुख्य राजमार्गमा समेत शून्यजस्तै दृश्यता भएको थियो । उहाँले केही स्थानीय बासिन्दा डराएको भए पनि प्रशासनले उनीहरूलाई संयमित रहन आग्रह गरेको जानकारी दिनुभयो ।
खरानीका कारण कृषिमा पनि असर परेको छ । विशेषगरी तरकारी खेतीमा क्षति पुगेको छ भने क्यामालिग क्षेत्रमा चार वटा पानी भैँसी र एउटा गाईको मृत्यु भएको बाल्डोले बताउनुभयो । अल्बे प्रान्तअन्तर्गत करिब आठ हजार जनसङ्ख्या रहेको उक्त क्षेत्रमा अहिले सफाइ र पुनःस्थापनाको काम जारी रहेको छ ।








काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने…
काठमाडौं, ७ मंसिर। भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले नेपाल र भारतबीचको सम्बन्ध हिमालय… 




