
काठमाडौं, २३ बैशाख । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आज (बैशाख २३ गते) देखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ढोका खोलेको हो।
कति कित्ताका लागि दिने आवेदन?
कम्पनीले कुल जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसअघि नै स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरूका लागि शेयर छुट्याएर बाँडफाँट भइसकेको छ।
अब सर्वसाधारणले कुल २५ लाख १५ हजार ४५५ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ५० हजार कित्ता सम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ।
कहिले सम्म भर्न पाइन्छ?
यो निष्काशन छिटोमा बैशाख २८ गते बन्द हुनेछ। यदि सो अवधिमा पूर्ण आवेदन नपरेको खण्डमा ढिलोमा जेठ ६ गते सम्म आवेदन दिन सकिनेछ।
आयोजनाको अवस्था र रेटिङ्ग
- आयोजनाको क्षमता: ८ मेगावाट।
- कुल लागत: १ अर्ब ८८ करोड २१ लाख रुपैयाँ।
- प्रतिमेगावाट लागत: २३ करोड ५३ लाख रुपैयाँ।
- लगानी फिर्ता हुने अवधि (Payback Period): ९.१७ वर्ष (डिस्काउण्टमा १८.३७ वर्ष)।
- रेटिङ्ग: केयर रेटिङ्ग नेपालले यस कम्पनीलाई ‘CARE-NP BB+’ रेटिङ्ग दिएको छ, जसले दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ।
कसरी दिने आवेदन?
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा (ASBA) सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूबाट ‘सी-आस्बा’ प्रणाली मार्फत सहजै आवेदन दिन सक्नेछन्।
८ मेगावाट क्षमताको यस टक्सार पिखुवा खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अब २५ वर्ष ४ महिना बाँकी रहेको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




