महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी

-



     सफल आवाज    
     वैशाख २३ गते २०८३ मा प्रकाशित



काठमाडौं, २३ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्ष पदमा नरेशलाल श्रेष्ठ निर्वाचित भएका छन्। मंगलबार सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार, श्रेष्ठले आफ्ना निकटतम प्रतिद्वन्द्वी शिव घिमिरेलाई ३ मतको झिनो अन्तरले पराजित गर्दै जित हासिल गरेका हुन्।

विजयी श्रेष्ठले कुल ६३ मत प्राप्त गरे भने घिमिरेले ६० मतमा चित्त बुझाउनु पर्यो।

कार्यकारिणी सदस्यमा को-को विजयी?

वस्तुगत समूहतर्फको कार्यकारिणी सदस्यका लागि भएको निर्वाचनमा १३ जना विजयी भएका छन्। विजयी हुने सदस्यहरूमा:

  • अरनिको राजभण्डारी
  • नानिराज घिमिरे
  • पशुपति देव पाण्डे
  • विदुर धमला
  • भक्त बहादुर हमाल
  • रविन पुरी
  • राजकुमार कार्की
  • लिलेन्द्र प्रधान
  • संघर्ष विष्ट
  • सागर ढकाल
  • होम प्रसाद घिमिरे

यसैगरी, वस्तुगत समूहकै महिला सदस्यतर्फ सुनिता न्हेम्हाफुकी विजयी भएकी छन्।

चार उम्मेदवारबीच गोलाप्रथा हुने

निर्वाचनमा चार जना उम्मेदवारहरूको मत बराबर भएपछि उनीहरूको भाग्यको फैसला चिठा प्रणाली (गोलाप्रथा) बाट गरिने भएको छ। ५०-५० मत प्राप्त गर्ने सुरज बन्जाडे, विप्लप अधिकारी, रघुनन्दन मारु र निराज चलाउने बीच गोलाप्रथा हुनेछ। यी चारमध्येबाट गोलाप्रथा मार्फत दुई जना कार्यसमितिमा छनोट हुने निर्वाचन समितिले जनाएको छ।

महासंघको नयाँ नेतृत्व चयनका लागि भएको यस निर्वाचनमा वस्तुगत समूहतर्फ २६ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए।