
काठमाडौं, २३ वैशाख । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित सहकारी संस्थाहरूको बचत फिर्ता गराउने प्रक्रियालाई तीव्र बनाउँदै ठुला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु गरेको छ। समितिले एक सूचना जारी गर्दै विभिन्न १० वटा समस्याग्रस्त सहकारीका मुख्य ऋणीहरूको नामावली सार्वजनिक गरेको हो।
समितिका अनुसार बचतकर्ताहरूको रकम फिर्ता गर्नका लागि ऋणीहरूबाट रकम असुली गर्नु अनिवार्य भएकाले पहिलो चरणमा ठुला ऋणीहरूको नाम बाहिर ल्याइएको हो। अन्य समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम पनि क्रमशः सार्वजनिक गर्दै जाने समितिले जनाएको छ।
सार्वजनिक गरिएका १० सहकारीहरू:
- घेदुङ बहुउद्देश्यीय सहकारी
- हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी
- तपाई हाम्रो बहुउद्देश्यीय सहकारी
- नागरिक कल्याण बहुउद्देश्यीय सहकारी
- आइडियल यमुना बहुउद्देश्यीय सहकारी
- तुलसी बहुउद्देश्यीय सहकारी
- नेपाल वित्तीय सहकारी
- ओरियन्टल कोअपरेटिभ
- गौतम श्री सहकारी
- नेपाल सहकारी वित्तीय
यथाशीघ्र सम्पर्क गर्न आग्रह
समितिले सूचनामार्फत सम्बन्धित ऋणीहरूलाई यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी लिएको ऋण चुक्ता गर्न कडा निर्देशन दिएको छ। “ऋणीहरूले समयमै ऋण भुक्तान नगरे कानुन बमोजिम कडा कारबाही र असुली प्रक्रिया अगाडि बढाइनेछ,” समितिको सूचनामा उल्लेख छ।
यसका साथै, अन्य ऋणीहरूको नामावली पनि क्रमिक रूपमा प्रकाशित गरिने भएकाले सार्वजनिक हुनुअगावै कार्यालयमा सम्पर्क गरी ऋण राफसाफ गर्न समितिले आग्रह गरेको छ। पछिल्लो समय सहकारीमा देखिएको संकट समाधान गर्न र सर्वसाधारणको बचत सुरक्षित फिर्ता गर्न सरकारले गठन गरेको यस समितिले ऋणीहरूमाथि कडाइ गर्न थालेको हो।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




