
पोखरा, २४ वैशाख । गण्डकी प्रदेशका प्रमुख सचिव डन्डुराज घिमिरे निलम्बनमा परेका छन्। पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको अभियोगमा उनि बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गर्ने बिज्ञप्ती निस्कान गरेसंगै घिमिरे निलम्बनमा परेका हुन ।
अख्तियारका दुरुपयोग अनुसन्धान आयोगका प्रबक्ता सुरेश न्यौपानेका अनुसार भ्रष्टाचार मुद्धा दायर हुनासाथ अथवा अभियोग लाग्नासाथ निजामती सेवाका कर्मचारी स्वतः निलम्बनमा पर्ने ऐनको ब्यबस्था अनुसार घिमिरे बिहिवार नै निलम्बनमा पर्नु भएको हो ।
पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा कर छुटसम्बन्धी अनियमिततामा गरेको अभियोगमा उनीसहित १३ जनाविरुद्ध बिहीबार अख्तियार दुरुपयोग अनुसनधान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । गण्डकी प्रदेशको प्रमुख सचिवका रुपमा कार्यरत रहदा उनि छिटो निर्णय दिनसक्ने र काबिल मानिन्थे ।
अख्तियारले घिमिरे पर्यटन मन्त्रालयमा सहसचिवका रुपमा काम गरेकाे बेला करछुटसम्बन्धी अनियमिततामा संलग्न भएको अभियोग लगाएको छ ।
पोखरा अन्तराष्टिय बिमानस्थल निर्माण प्रकरणमा अख्तियारले पूर्वअर्थमन्त्री ज्ञानेन्द्र कार्कीसहित पूर्वसचिवहरू महेश्वर न्यौपाने, शंकर अधिकारी, केवल भण्डारी र सुरेश आचार्यलाई पनि प्रतिवादी बनाएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




