प्रतिनिधिसभा बैठक : नीति तथा कार्यक्रमाथि छलफल(Live)

-



     सफल आवाज    
     वैशाख ३० गते २०८३ मा प्रकाशित



काठमाडौं, ३० वैशाख। प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजेदेखि बसेकाे छ। बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुँदैछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो । सदनको मङ्गलबारको छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले नीति तथा कार्यक्रममाथि धारणा राख्नुभएको थियो । सदनको आजको सम्भावित कार्यसूचीअनुसार नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिने छ ।

चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३/ ८४ को बजेटसमेत प्रस्तुत हुनेछ । त्यसैगरी, राष्ट्रियसभाको बैठक पनि बस्दैछ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ ।