
काठमाडौं, २ जेठ । धितोपत्र बजारमा यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । गत साताको तुलनामा यस साता नेप्से परिसूचक करिब १४ अंकले घटेर बन्द भएको हो ।
गत साता २७४५.६५ विन्दुमा बन्द भएको नेप्से, यो साता ०.५० प्रतिशत अर्थात् १३.७१ अंकले ओरालो लाग्दै २७३१.९४ विन्दुमा सीमित हुन पुगेको छ ।
५ दिनमा ३ दिन बजार घट्यो
यस साता नियमित पाँच कारोबार दिन नै बजार खुलेको थियो । जसमध्ये दुई कारोबार दिन नेप्से परिसूचकमा सुधार देखिए पनि बाँकी तीन कारोबार दिन बजार घटेर बन्द भयो ।
साताभरको कारोबारमा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इण्डेक्स भने ०.२२ अंकले बढेको छ । तर, फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१२ अंकले घटेका छन् ।
कारोबार रकममा ७.९० प्रतिशतको वृद्धि
नेप्से परिसूचक घटे तापनि यस साता सेयर कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । गत साता दैनिक औसतमा ३ अर्ब ४२ करोड रुपैयाँको सेयर खरिदबिक्री भएकोमा यस साता दैनिक औसत कारोबार रकम ७.९० प्रतिशतले बढेर ३ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै, दैनिक औसत सेयर संख्यामा ९.०८ प्रतिशतको वृद्धि भएको छ भने दैनिक औसत कारोबार संख्यामा ४.८३ प्रतिशतको गिरावट आएको छ ।
बजार पूँजीकरण २३ अर्बले घट्यो
परिसूचकमा आएको गिरावटका कारण यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि ०.५० प्रतिशतले घटेको छ । गत साताको अन्तिम कारोबार दिन ४६ खर्ब ८२ अर्ब रुपैयाँ रहेको कुल बजार पूँजीकरण, यस साता २३ अर्ब रुपैयाँले घटेर ४६ खर्ब ५९ अर्ब रुपैयाँमा खुम्चिएको छ ।
व्यापार उपसमूह उकालो लाग्दा होटल र पर्यटनमा गिरावट
यस साता कारोबार भएका १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ ।
- बढ्नेमा अगाडि: अंक र प्रतिशतका आधारमा यस साता व्यापार उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ । गत साता ३७५६.६६ विन्दुमा रहेको यो उपसमूह यस साता ०.९५ प्रतिशत (३५.५१ अंक) ले बढेर ३७९२.१७ विन्दुमा पुगेको छ ।
- घट्नेमा अगाडि: यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचकमा सर्वाधिक १.७९ प्रतिशतको गिरावट आयो । गत साता ७९३८.१२ विन्दुमा बन्द भएको यो उपसमूहको परिसूचक १४२.०४ अंकले घटेर ७७९६.०८ विन्दुमा झरेको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




