
काठमाडौं, ११ जेठ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड (SMFBS) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने भनी घोषणा गरेको लाभांश प्रस्ताव संशोधन गर्दै यस वर्ष कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
लघुवित्तको जेठ ८ गते बसेको सञ्चालक समितिको बैठकले साविकको लाभांश प्रस्तावलाई परिमार्जन गरी आर्थिक वर्षका लागि शेयरधनीहरुलाई कुनै पनि बोनस वा नगद लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
यसअघि गत फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुका लागि ९.५ प्रतिशत बोनस शेयर र ०.५० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो। उक्त प्रस्ताव स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाइएको थियो।
किन रोकियो लाभांश ?
लघुवित्तका अनुसार वित्तीय प्रतिवेदनलाई थप सुदृढ बनाउने क्रममा नियामक व्यवस्था र वित्तीय परिसूचकहरुमा अनिवार्य समायोजन गर्नुपर्ने भएको छ। सोही समायोजनका कारण साविकमा प्रस्ताव गरिएको लाभांशलाई यथावत् राख्न नसकिने कानुनी एवं प्राविधिक बाध्यता सिर्जना भएकाले लाभांश प्रस्ताव फिर्ता लिनु परेको संस्थाले स्पष्ट पारेको छ।
नियामक राष्ट्र बैंकको निर्देशन र प्राविधिक कारणले लाभांश संशोधन गर्नुपरेपछि यस पटक स्वाभिमान लघुवित्तका शेयरधनीहरुको हात खाली हुने भएको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




