
काठमाडौं, १२ जेठ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने कर्जाको ब्याजदर निर्धारण प्रक्रियाका सम्बन्धमा सर्वसाधारण र ऋणीहरूका लागि एक विशेष वित्तीय चेतनामूलक सन्देश जारी गरेको छ ।
केन्द्रीय बैंकले ग्राहकहरूलाई सचेत रहन र सुरक्षित कारोबार गर्न आग्रह गर्दै वित्तीय साक्षरता सम्बन्धी जानकारी सार्वजनिक गरेको हो ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर दुई प्रकारका हुन्छन्स्थि-र (Fixed) र परिवर्तनशील (Floating)।

स्थिर र परिवर्तनशील ब्याजदरको नियम
- स्थिर ब्याजदर: तोकिएको निश्चित अवधिसम्म यो ब्याजदर परिवर्तन हुँदैन र बढ्दैन ।
- परिवर्तनशील ब्याजदर: यो ब्याजदर वित्तीय संस्थाको आधार दर (Base Rate) मा आउने परिवर्तनअनुसार थपघट हुने गर्दछ ।
प्रिमियम दरमा कडाइ: मनोमानी बढाउन नपाइने
परिवर्तनशील ब्याजदरमा कर्जा प्रवाह गर्दा बैंकहरूले आफ्नो आधार दरमा निश्चित प्रिमियम थप गरी ब्याजदर तोक्ने गर्दछन् । यस्तो प्रिमियम ऋणीको जोखिम मूल्याङ्कनका आधारमा तय गरिन्छ ।
राष्ट्र बैंकले प्रिमियम निर्धारणका सम्बन्धमा कठोर व्यवस्था स्मरण गराउँदै भनेको छ:
“एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्तावपत्र (Offer Letter) मा उल्लेख गरी कर्जा स्वीकृत गरेपश्चात् बैंकहरूले प्रिमियम दर वृद्धि गर्न पाउने छैनन् । साथै, कुनै किसिमको डिस्काउन्ट प्रदान गरी पुनः स्वतः वृद्धि हुने जस्ता योजनाहरू लागू गर्न नपाइने व्यवस्था रहेको छ ।”
ग्राहकले ध्यान दिनुपर्ने मुख्य कुराहरू
केन्द्रीय बैंकले कर्जा लिने ग्राहकहरूलाई आफ्ना अधिकारप्रति स्पष्ट हुन र निम्न कुराहरूमा ध्यान दिन आग्रह गरेको छ:
- कर्जा लिने बखतै स्पष्ट हुनुपर्ने: परिवर्तनशील ब्याजदरमा कर्जा लिने ग्राहकले आफूले लिने कर्जामा तोकिएको आधार दर र प्रिमियम दरको सम्बन्धमा कर्जा प्रस्तावपत्र लिँदाकै बखत पूर्ण रूपमा स्पष्ट हुनुपर्छ ।
- परिवर्तनको जानकारी राख्नुपर्ने: आधार दरमा भएको परिवर्तनका कारण ब्याजदरमा कति परिवर्तन भयो र उक्त नयाँ दर कुन मितिदेखि लागू हुने हो भन्नेबारे सम्पूर्ण जानकारी सम्बन्धित कर्जा प्रदायक संस्थाबाटै लिएर स्पष्ट हुन राष्ट्र बैंकले सुझाएको छ ।
गुनासो कहाँ गर्ने ?
बैंक तथा वित्तीय संस्थाले नियम विपरीत प्रिमियम बढाएमा वा ब्याजदरमा अनियमितता गरेमा ग्राहकले नेपाल राष्ट्र बैंकको वित्तीय ग्राहक संरक्षण एकाइमा गुनासो दर्ता गर्न सक्नेछन् ।
- अनलाइन पोर्टल: www.gunaso.nrb.org.np
- सम्पर्क नम्बर: ०१-४३१९६०५
राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले “सचेत ग्राहक बनौँ, सुरक्षित कारोबार गरौँ” भन्ने नारासहित यो जानकारीमूलक सन्देश जारी गरेको हो ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




