
काठमाडौं, १३ जेठ । विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता र क्षेत्रीय द्वन्द्वका बाबजुद नेपालको समष्टिगत आर्थिक सूचकहरूमा सुधार देखिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा चालू आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै सामाजिक क्षेत्रमा समेत सन्तोषजनक प्रगति भएको दाबी गर्नुभएको छ।
प्रस्तुत सर्वेक्षण अनुसार चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान गरिएको छ। विश्व अर्थतन्त्र ३.१ प्रतिशतमा खुम्चने प्रक्षेपण भइरहेका बेला नेपालको यो वृद्धि दरलाई सकारात्मक मानिएको छ। यससँगै मुलुकको अर्थतन्त्रको कुल आकार ६६ खर्ब रुपैयाँ पुग्ने र नेपालीको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १,५३५ अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ।
वागमती र गण्डकीको वृद्धिदर औसतभन्दा माथि, धान उत्पादन घट्यो
आर्थिक गतिविधिमा वागमती प्रदेशको दबदबा कायमै देखिएको छ। कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा वागमती प्रदेशले एक्लै ३६.७ प्रतिशत योगदान पुर्याएको छ। प्रादेशिक रूपमा वागमती र गण्डकी प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहे पनि अन्य प्रदेशको वृद्धिदर भने औसतभन्दा न्यून रहने सर्वेक्षणले देखाएको छ।
कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत र गैर–कृषि क्षेत्रको ७६ प्रतिशत रहने अनुमान छ। यद्यपि, मुलुकको प्रमुख खाद्यान्न बाली धानको उत्पादनमा भने यस वर्ष ४.२० प्रतिशतले संकुचन आई ५७ लाख ५ हजार मेट्रिक टनमा सीमित भएको छ।
राजस्व ३.२ प्रतिशतले बढ्यो, सार्वजनिक ऋण २३ खर्ब ७८ अर्ब
चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा संघीय राजस्व सङ्कलनमा ३.२ प्रतिशतको सामान्य वृद्धि भएको छ। सरकारी खर्च १०.४ प्रतिशतले बढे पनि पुँजीगत खर्च (विकास खर्च) मा भने उल्लेख्य सुधार हुन सकेको छैन।
यसै वर्ष सरकारले ३ खर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गरेसँगै देशको कुल सार्वजनिक ऋण २३ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ। यो आकार कुल गार्हस्थ्य उत्पादनको ४३.६ प्रतिशत बराबर हो।
बाह्य क्षेत्र बलियो: रेमिट्यान्स र विदेशी मुद्रा सञ्चितिमा ऐतिहासिक रेकर्ड
आर्थिक सर्वेक्षण अनुसार देशको बाह्य क्षेत्र भने निकै सुदृढ र बलियो अवस्थामा देखिएको छ। समीक्षा अवधिमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३७.७ प्रतिशतले बढेर १४ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ।
यस्तै, विदेशी विनिमय सञ्चिति ३४ खर्ब १४ अर्ब रुपैयाँ पुग्दै ऐतिहासिक उचाइमा पुगेको छ, जसले १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ। यद्यपि, व्यापार घाटा ११.२ प्रतिशतले बढेर १० खर्ब ९८ अर्ब पुग्नु अर्थतन्त्रको लागि मुख्य चुनौतीको रूपमा रहेको छ।
डिजिटल भुक्तानीमा फड्को र उत्साहजनक मानव विकास सूचक
प्रविधिमैत्री भुक्तानीमा नेपालले उल्लेख्य प्रगति गरेको छ। फागुन महिनासम्ममा क्युआर (QR) कोडमार्फत मात्रै १ खर्ब २५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ। सन् २०२५ को सार्वभौम क्रेडिट रेटिङमा नेपालले ‘स्टेबल आउटलुक’ प्राप्त गरेको छ, जसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको साख सुध्रिएको पुष्टि गर्छ। यस्तै, बजारमा औसत मुद्रास्फीति (महँगी) २.१३ प्रतिशतमा नियन्त्रित अवस्थामा रहेको छ।
सामाजिक तथा मानव विकासका सूचकहरूमा पनि नेपालले सुधार जारी राखेको छ:
- मानव विकास सूचकांक: ०.६२२ पुगेको छ।
- औसत आयु: नेपालीको औसत आयु ७१.३ वर्ष पुगेको छ।
- स्वास्थ्य क्षेत्र: मातृ मृत्युदर प्रतिलाख १५१ मा र ५ वर्षमुनिको बाल मृत्युदर प्रतिहजार ३३ मा झरेको छ।
- शिक्षा: आधारभूत तहको खुद भर्ना दर ९७.८ प्रतिशत पुगेको छ।
स्वास्थ्य बीमा र सामाजिक सुरक्षा कोषमा नागरिकको आबद्धता बढ्दो क्रममा रहेको सर्वेक्षणले औंल्याएको छ।
काठमाडौं ।
विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता र क्षेत्रीय द्वन्द्वका बाबजुद नेपालको समष्टिगत आर्थिक सूचकहरूमा सुधार देखिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा चालू आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै सामाजिक क्षेत्रमा समेत सन्तोषजनक प्रगति भएको दाबी गर्नुभएको छ।
प्रस्तुत सर्वेक्षण अनुसार चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान गरिएको छ। विश्व अर्थतन्त्र ३.१ प्रतिशतमा खुम्चने प्रक्षेपण भइरहेका बेला नेपालको यो वृद्धि दरलाई सकारात्मक मानिएको छ। यससँगै मुलुकको अर्थतन्त्रको कुल आकार ६६ खर्ब रुपैयाँ पुग्ने र नेपालीको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १,५३५ अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ।
वागमती र गण्डकीको वृद्धिदर औसतभन्दा माथि, धान उत्पादन घट्यो
आर्थिक गतिविधिमा वागमती प्रदेशको दबदबा कायमै देखिएको छ। कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा वागमती प्रदेशले एक्लै ३६.७ प्रतिशत योगदान पुर्याएको छ। प्रादेशिक रूपमा वागमती र गण्डकी प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहे पनि अन्य प्रदेशको वृद्धिदर भने औसतभन्दा न्यून रहने सर्वेक्षणले देखाएको छ।
कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत र गैर–कृषि क्षेत्रको ७६ प्रतिशत रहने अनुमान छ। यद्यपि, मुलुकको प्रमुख खाद्यान्न बाली धानको उत्पादनमा भने यस वर्ष ४.२० प्रतिशतले संकुचन आई ५७ लाख ५ हजार मेट्रिक टनमा सीमित भएको छ।
राजस्व ३.२ प्रतिशतले बढ्यो, सार्वजनिक ऋण २३ खर्ब ७८ अर्ब
चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा संघीय राजस्व सङ्कलनमा ३.२ प्रतिशतको सामान्य वृद्धि भएको छ। सरकारी खर्च १०.४ प्रतिशतले बढे पनि पुँजीगत खर्च (विकास खर्च) मा भने उल्लेख्य सुधार हुन सकेको छैन।
यसै वर्ष सरकारले ३ खर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गरेसँगै देशको कुल सार्वजनिक ऋण २३ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ। यो आकार कुल गार्हस्थ्य उत्पादनको ४३.६ प्रतिशत बराबर हो।
बाह्य क्षेत्र बलियो: रेमिट्यान्स र विदेशी मुद्रा सञ्चितिमा ऐतिहासिक रेकर्ड
आर्थिक सर्वेक्षण अनुसार देशको बाह्य क्षेत्र भने निकै सुदृढ र बलियो अवस्थामा देखिएको छ। समीक्षा अवधिमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३७.७ प्रतिशतले बढेर १४ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ।
यस्तै, विदेशी विनिमय सञ्चिति ३४ खर्ब १४ अर्ब रुपैयाँ पुग्दै ऐतिहासिक उचाइमा पुगेको छ, जसले १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ। यद्यपि, व्यापार घाटा ११.२ प्रतिशतले बढेर १० खर्ब ९८ अर्ब पुग्नु अर्थतन्त्रको लागि मुख्य चुनौतीको रूपमा रहेको छ।
डिजिटल भुक्तानीमा फड्को र उत्साहजनक मानव विकास सूचक
प्रविधिमैत्री भुक्तानीमा नेपालले उल्लेख्य प्रगति गरेको छ। फागुन महिनासम्ममा क्युआर (QR) कोडमार्फत मात्रै १ खर्ब २५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ। सन् २०२५ को सार्वभौम क्रेडिट रेटिङमा नेपालले ‘स्टेबल आउटलुक’ प्राप्त गरेको छ, जसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको साख सुध्रिएको पुष्टि गर्छ। यस्तै, बजारमा औसत मुद्रास्फीति (महँगी) २.१३ प्रतिशतमा नियन्त्रित अवस्थामा रहेको छ।
सामाजिक तथा मानव विकासका सूचकहरूमा पनि नेपालले सुधार जारी राखेको छ:
- मानव विकास सूचकांक: ०.६२२ पुगेको छ।
- औसत आयु: नेपालीको औसत आयु ७१.३ वर्ष पुगेको छ।
- स्वास्थ्य क्षेत्र: मातृ मृत्युदर प्रतिलाख १५१ मा र ५ वर्षमुनिको बाल मृत्युदर प्रतिहजार ३३ मा झरेको छ।
- शिक्षा: आधारभूत तहको खुद भर्ना दर ९७.८ प्रतिशत पुगेको छ।
स्वास्थ्य बीमा र सामाजिक सुरक्षा कोषमा नागरिकको आबद्धता बढ्दो क्रममा रहेको सर्वेक्षणले औंल्याएको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




