माछापुच्छ्रे बैंकको ३ करोड कित्ता अग्राधिकार सेयर नेप्सेमा सूचीकृत, बुधबारदेखि कारोबार

-



     सफल आवाज    
     जेठ २१ गते २०८३ मा प्रकाशित



काठमाडौं, २१ जेठ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा माछापुच्छ्रे बैंक लिमिटेडको ३ करोड कित्ता सेयर सूचीकृत भएको छ। बैंकले निष्कासन गरेको ३ अर्ब रुपैयाँ बराबरको उक्त सेयर नेप्सेमा औपचारिक रूपमा सूचीकृत भएको हो।

नेप्सेका अनुसार सूचीकृत भएको यस सेयरको दोस्रो बजारमा बुधबारदेखि नै कारोबार सुरु हुनेछ। यो सेयर वार्षिक २५ प्रतिशत उच्च ब्याजदर (लाभांश दर) भएको अविमोच्य असञ्चिति अग्राधिकार सेयर (Irredeemable Non-Cumulative Preferred Share) हो।

यस प्रकारको विशिष्ट प्रकृतिको सेयर सर्वसाधारणका लागि नभई संस्थागत लगानीकर्ताहरूका लागि मात्र लक्षित हुने गर्दछ। तसर्थ, यो अग्राधिकार सेयर दोस्रो बजारमा पनि संस्थागत लगानीकर्ताहरू बीच मात्र खरिद-बिक्री गर्न पाइने बैंकले जनाएको छ।