
काठमाडौं, २२ असार । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति तर्जुमा गर्न सरोकारवाला निकाय तथा सर्वसाधारणसँग राय–सुझाव माग गरेको छ।
राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सूचना जारी गर्दै नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम तयार गरिने आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव उपलब्ध गराउन आग्रह गरेको हो।
बैंकका अनुसार मौद्रिक नीति थप प्रभावकारी, समसामयिक र अर्थतन्त्रका आवश्यकता अनुरूप बनाउन विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी रचनात्मक सुझाव संकलन गर्न लागिएको हो।
इच्छुक व्यक्ति, संघ–संस्था तथा अन्य सरोकारवालाले आगामी असार ५ गतेभित्र आफ्नो राय तथा सुझाव राष्ट्र बैंकमा पठाउन सक्नेछन्। सुझाव केन्द्रीय बैंकको इमेलमार्फत उपलब्ध गराउन सकिने जनाइएको छ।
यसपटकको मौद्रिक नीति विशेष चासोका साथ हेरिएको छ। हालका गभर्नर डा. विश्व पौडेलले गभर्नरको जिम्मेवारी सम्हालेपछि ल्याउने यो दोस्रो मौद्रिक नीति हुनेछ। साथै, जेनजी आन्दोलनपछि सम्पन्न निर्वाचनपश्चात् जारी हुन लागेको पहिलो मौद्रिक नीति भएकाले यसले आर्थिक क्षेत्र, बैंकिङ प्रणाली, निजी क्षेत्र तथा लगानीकर्तामाझ विशेष महत्व राख्ने अपेक्षा गरिएको छ।
अर्थतन्त्रको वर्तमान अवस्था, कर्जा प्रवाह, ब्याजदर, वित्तीय स्थायित्व, लगानी वातावरण तथा उत्पादनमूलक क्षेत्रको प्रवर्द्धनलगायत विषयलाई समेटेर आगामी मौद्रिक नीति आउने अपेक्षा गरिएको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




