
काठमाडौं, २३ जेठ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो साता करिब १ प्रतिशत घटेर बन्द भएको छ। गत साता २७८२.१० विन्दुमा रहेको नेप्से परिसूचक यो साता २६.६९ अंक अर्थात् ०.९६ प्रतिशत घटेर २७५५.४१ विन्दुमा कायम भएको हो।
यो साता पाँच कारोबार दिन बजार खुला रहेकामा दुई दिन नेप्से बढेको तथा तीन दिन घटेको थियो। साप्ताहिक अवधिमा सेन्सेटिभ इण्डेक्स ३.५२ अंक घटेको छ भने फ्लोट इण्डेक्स र सेन्सेटिभ फ्लोट इण्डेक्स दुवै १.०९ अंकले ओरालो लागेका छन्।
परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ। गत साता दैनिक औसत ५ अर्ब ६२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा यो साता दैनिक औसत कारोबार रकम ५ अर्ब ३८ करोड रुपैयाँमा सीमित भएको छ। यसअनुसार दैनिक औसत कारोबार रकम ४.१७ प्रतिशतले घटेको हो।
त्यस्तै, दैनिक औसत कारोबार भएको सेयर संख्या ११.२३ प्रतिशतले घटेको छ भने दैनिक औसत कारोबार संख्या ६.६० प्रतिशतले कमी आएको छ।
बजार पूँजीकरणतर्फ पनि गिरावट देखिएको छ। गत साताको अन्तिम कारोबार दिन ४७ खर्ब ४६ अर्ब रुपैयाँ रहेको कुल बजार पूँजीकरण यो साता ४५ अर्ब रुपैयाँले घटेर ४७ खर्ब १ अर्ब रुपैयाँमा झरेको छ।
उपसमूहगत प्रदर्शन हेर्दा १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढ्दा ८ उपसमूहको परिसूचक घटेको छ। वित्त उपसमूहले सर्वाधिक ६.९१ प्रतिशतको वृद्धि दर्ज गरेको छ। उक्त उपसमूहको परिसूचक २३८५.३५ विन्दुबाट १६४.९२ अंक बढेर २५५०.२७ विन्दुमा पुगेको छ।
अंकका आधारमा भने निर्जीवन बीमा उपसमूह सर्वाधिक लाभान्वित बनेको छ। यस उपसमूहको परिसूचक ५११.३८ अंकले बढेको छ।
यता, व्यापार उपसमूहको परिसूचक सर्वाधिक ६.९८ प्रतिशतले घटेको छ। गत साता ३८०२.९७ विन्दुमा रहेको उक्त उपसमूहको परिसूचक २६५.३१ अंक घटेर ३५३७.६६ विन्दुमा झरेको छ।
अंकका आधारमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ३०८.१७ अंकले घटेको छ।
समग्रमा, यो साता नेप्से परिसूचक, कारोबार रकम तथा बजार पूँजीकरणमा गिरावट देखिए पनि केही उपसमूहमा सुधार कायम रहँदा बजार मिश्रित अवस्थामै रहेको विश्लेषण गरिएको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




