काठमाडौं, २७ जेठ । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ कारोबार गर्दा सार्वजनिक स्थानमा उपलब्ध हुने फ्री (खुला) वाइफाई (Wi-Fi) नेटवर्क प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो।
राष्ट्र बैंकका अनुसार सार्वजनिक स्थानका वाइफाई नेटवर्क प्रयोग गरेर अनलाइन बैंकिङ कारोबार गर्दा प्रयोगकर्ताको गोप्य बैंकिङ विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने र अकाउन्ट ह्याक हुने उच्च जोखिम रहन्छ। यस्ता नेटवर्कमा विभिन्न वित्तीय ह्याकरहरू सक्रिय हुने र उनीहरूले सहजै वित्तीय विवरणहरू चोरी गरी दुरुपयोग गर्न सक्ने चेतावनी बैंकले दिएको छ।
सुरक्षित बैंकिङका लागि राष्ट्र बैंकका मुख्य सुझावहरू:
- सुरक्षित नेटवर्कको प्रयोग: आफ्नो व्यक्तिगत तथा बैंकिङ विवरण सुरक्षित राख्न सधैँ भरपर्दो र सुरक्षित नेटवर्क (जस्तै: आफ्नै मोबाइल डाटा वा घरको सुरक्षित इन्टरनेट) मार्फत मात्र अनलाइन कारोबार गर्ने।
- आधिकारिक माध्यम मात्र चलाउने: अनलाइन बैंकिङ कारोबार गर्दा सम्बन्धित बैंकको आधिकारिक वेबसाइट वा आधिकारिक बुलेटिन एप्स (Apps) मात्र प्रयोग गर्ने।
- पासवर्ड र पिन कोड परिवर्तन: डिजिटल बैंकिङका लागि प्रयोग गरिने गोप्य पासवर्ड र पिन (PIN) कोड समय-समयमा परिवर्तन गरिरहने।
- ओटिपी (OTP) को सुरक्षा: वित्तीय कारोबार गर्दा मोबाइलमा आउने वान-टाइम पासवर्ड (OTP) र पिन कोड कसैसँग सेयर नगरी आफूसँगै सुरक्षित राख्ने।
केन्द्रीय बैंकको सन्देश: “सार्वजनिक स्थानका wi-fi नेटवर्क प्रयोग गरी विद्युतीय बैंकिङ कारोबार गर्दा सचेत रहौँ।”
बैंकले डिजिटल वित्तीय साक्षरता अभियान अन्तर्गत #TuesdayFinLitNRB र #राष्ट्र_बैंकको_सन्देश प्रयोग गर्दै डिजिटल कारोबारलाई सुरक्षित बनाउन नागरिकहरूलाई अपिल गरेको छ। यदि कुनै वित्तीय गुनासो भएमा राष्ट्र बैंकको अनलाइन पोर्टल www.gunaso.nrb.org.np वा फोन नम्बर ०१-५३१९६०५ मा सम्पर्क गरी गुनासो दर्ता गर्न समेत आग्रह गरिएको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




