नेप्से १२.२६ अङ्कले घट्याे, ४ अर्ब ४१ कराेडकाे कारोबार

-



     सफल आवाज    
     असार १ गते २०८३ मा प्रकाशित



काठमाडौं, १ असार । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घटेर २ हजार ७११ दशमलव ७६ को विन्दुमा सीमित भएको छ।

यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि शून्य दशमलव ९६ अङ्कले ओरालो लाग्दै ४६६ दशमलव १३ मा झरेको छ।

१ सय ८८ कम्पनीको शेयर मूल्य घट्यो

आज बजारमा कारोबार भएका कम्पनीहरूमध्ये कूल ७३ कम्पनीको शेयर मूल्य उकालो लागेको छ भने १८८ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। बाँकी १२ कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन।

आज दिनभरिमा कूल ३५० कम्पनीको १ करोड ७ लाख ३९ हजार ९९८ कित्ता शेयर ४ अर्ब ४१ करोड २० लाख ४८ हजार ६०९ रुपैयाँ मूल्यमा खरिद बिक्री भएको छ।

आँखु खोला जलविद्युत्को सर्वाधिक कारोबार

नेप्सेका अनुसार आज कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहन सफल भयो। यसका साथै शीर्ष पाँच स्थानभित्र पर्न सफल अन्य कम्पनी तथा डिवेञ्चरहरू यस प्रकार छन्: १. आँखु खोला जलविद्युत् कम्पनी २. एनबिबिएल डिवेञ्चर ३. लक्ष्मी सनराइज बैंक ४. एसवाई प्यानल नेपाल ५. रिलायन्स स्पिनिङ मिल्स

कमाउने र गुमाउने कम्पनीहरू

बजार घटे पनि आज केही कम्पनीका लगानीकर्ताहरूले राम्रो कमाउन सफल भएका छन्। आज बढी कमाउने अग्रपंक्तिका कम्पनीहरूमा सोपान फर्मासिटिकल्स, अपोलो हाइड्रोपावर, सयपत्री हाइड्रोपावर, एसवाई प्यानल नेपाल र डोल्टी पावर कम्पनी रहेका छन्।

त्यस्तै, आजको बजारबाट गुमाउने कम्पनीहरूमा ग्रीन डेभलपमेन्ट बैंक, रावा इनर्जी डेभलपमेन्ट, सेन्ट्रल फाइनान्स, नेपाल पुनरबीमा कम्पनी र नेपाल फाइनान्सका लगानीकर्ताहरू रहेका छन्।