सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     असार २ गते २०८३ मा प्रकाशित



काठमाडौं, २ असार । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि निष्काशन गरेकाे आईपीओमा आवेदन दिने आज (असार २ गते) अन्तिम दिन बाँकी रहेकाे रहेको छ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गरेको हो।

शेयर निष्काशनको विवरण

कम्पनीले आफ्नो जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने कुल ८ लाख ५० हजार कित्ता (८ करोड ५० लाख रुपैयाँ बराबरको) शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। कुल कित्तामध्ये शेयर बाँडफाँटको अवस्था :

  • वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि: १० प्रतिशत अर्थात् ८५ हजार कित्ता (बाँडफाँट भइसकेको)
  • सामूहिक लगानी कोष (म्युचुअल फन्ड): ४२ हजार कित्ता (बाँडफाँट भइसकेको)
  • कम्पनीका कर्मचारीका लागि: १७ हजार कित्ता
  • सर्वसाधारण लगानीकर्ताका लागि: बाँकी रहेको ७ लाख ५ हजार ५०० कित्ता (७ करोड ५ लाख ५० हजार रुपैयाँ बराबरको)

आवेदन दिने मिति र सीमा

सर्वसाधारण लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५,००० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

निष्काशन अवधि: आवेदन दिने छिटो अवधि असार २ गतेसम्म तोकिएको छ। यदि सो अवधिसम्म मागबमोजिम पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार ११ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ।

कसरी दिने आवेदन?

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा (C-ASBA) सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका तोकिएका शाखा कार्यालयहरू र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ (Mero Share) अनलाइन सफ्टवेयरमार्फत सहजै आवेदन दिन सक्नेछन्।

रेटिङ विवरण

आईपीओ निष्काशनका लागि गराइएको क्रेडिट रेटिङमा केयर रेटिङ्गस् नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ (CARE-NP BB-) इस्यूअर रेटिङ प्रदान गरेको छ। यस रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।