
काठमाडौं, ४ असार। प्रतिनिधिसभाको आजको बैठक सुरुआत हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले आ–आफ्ना आसनबाट उठेर सरकारले आफ्ना माग कार्यान्वयन नगरेकामा विरोध जनाउनुभयो ।
यसपछि सभामुख डोलप्रसाद अर्यालले उहाँहरुलाई भनाइ राख्न समय दिनुभयो । यसक्रमा नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले सम्पत्ति छानबिनसम्बन्धी आयोगको प्रतिवेदन, मानवअधिकारसम्बन्धी प्रतिवेदन कार्यान्वयनलगायत अन्य विषयमा पटक–पटक सदनमार्फत सरकारको ध्यानाकर्षण गराइए पनि कार्यान्वयन नगरिएको गुनासो गर्नुभयो ।
नेकपा (एमाले) का सांसद लक्ष्मीप्रसाद पोखरेलले गत जेठ १७ गते प्रधानमन्त्रीले सदनमा दिनुभएको अभिव्यक्तिप्रति असहमति जनाउनुभयो ।
सोही पार्टीका सांसद ऐन महरले सदनका गरिमा कायम राख्नु सांसद र सरकार दुवैको साझा दायित्व भएकामा जोड दिनुभयो ।
नेपाली कम्युनिष्ट पार्टी सांसद रमेशकुमार मल्लले प्रतिपक्षी दलले संसद् उठाएका प्रश्नको उचित सम्बोधन नभएको गुनासो गर्नुभयो । श्रम संस्कृति पार्टी सांसद हर्कराज राईले भुटानी शरणार्थीका माग र समस्याको उचित सम्बोधन गर्न सरकारसँग आग्रह गर्नुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले पेट्रोलियम पदार्थको मूल्य घटाउन र उपभोक्तामाथि थप आर्थिक भार पर्न नदिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




