
काठमाडौं, १० असार । सेयर बजारमा ओरालो लाग्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ। पछिल्ला दुई कारोबार दिनदेखि लगातार घटिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको चौथो कारोबार दिन बुधबार पनि घटेर बन्द भएको हो।
यस दिन नेप्से परिसूचक १४.४५ अंकले ओरालो लागेर २६६०.०२ विन्दुमा झरेको छ। नेप्सेसँगै ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि २.६० अंकले घटेको छ। यस्तै, फ्लोट इण्डेक्स ०.९८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८३ अंकले ओरालो लागेका छन्।

कारोबार रकममा सुधार
परिसूचक घटे पनि बुधबार बजारमा कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ। मंगलबार ४ अर्ब ३६ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएकोमा बुधबार ३३८ कम्पनीको ७२ हजार ९१७ पटकको कारोबारमा ४ अर्ब ४१ करोड ८६ लाख ७ हजार रुपैयाँ बराबरको १ करोड ७ लाख ७७ हजार कित्ता सेयर किनबेच भएको छ।
दुई हाइड्रोपावरमा सकारात्मक सर्किट, सोपान फर्माको मूल्य सबैभन्दा धेरै घट्यो
बजार घटे पनि टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ्ग हाइड्रोपावरको सेयर मूल्यमा बुधबार पनि सकारात्मक सर्किट लागेको छ। यी दुवै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५९ रुपैयाँ ५० पैसाले बढेर ४५६ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। यस्तै, भुजुङ्ग हाइड्रोपावरको सेयर मूल्य साढे १४ प्रतिशतभन्दा बढी र सिवाईसी नेपाल लघुवित्तको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ।
यता, बुधबारको कारोबारमा सोपान फर्मास्यूटिकल्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्। यसको सेयर मूल्य सर्वाधिक ५.०५ प्रतिशतले घटेको छ।
आँखु खोला जलविद्युतको सबैभन्दा धेरै कारोबार
कारोबार रकमका आधारमा बुधबार पनि आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहन सफल भयो। सो कम्पनीको २९ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। दोस्रो स्थानमा रहेको सोपान फर्मास्यूटिकल्सको १७ करोड रुपैयाँभन्दा बढी र तेस्रो स्थानमा रहेको युनाइटेड मोदी हाइड्रोपावरको करिब १२ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
उपसमूहगत अवस्था: ११ उपसमूह ओरालो लागे
बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये केवल दुई उपसमूहको परिसूचक मात्र हरियो रह्यो भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त (फाइनान्स) र व्यापार उपसमूहको परिसूचक सामान्य अंकले बढेको छ।
घट्ने तर्फ उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.१० प्रतिशतले ओरालो लागेको छ भने अन्य उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले घटेको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




