
काठमाडौं, १२ असार । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेड एकआपसमा गाभिएर (मर्ज भई) यही असार २६ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।
दुवै संस्थाको मर्जरसम्बन्धी प्रक्रिया सम्पन्न भएपछि ‘पोखरा फाइनान्स लिमिटेड’ को नामबाट एकीकृत व्यवसाय सञ्चालन हुन लागेको हो ।
मर्जरपछि बन्ने एकीकृत संस्थाको केन्द्रीय कार्यालय साविकको समृद्धि फाइनान्स रहेको स्थान काठमाडौंको पुतलीसडकमा रहने तय भएको छ । सम्झौता बमोजिम समृद्धि फाइनान्सको सम्पूर्ण सम्पत्ति (Assets) र दायित्व (Liabilities) पोखरा फाइनान्सले सकार्नेछ ।
बैंकिङ सेवा र शेयर कारोबार रोक्का सम्बन्धी जानकारी:
- असार २५ गते सेवा बन्द: एकीकृत कारोबारको अन्तिम तयारी र डाटा माइग्रेसन लगायतका प्राविधिक कार्यका लागि असार २५ गते एक दिन दुवै वित्तीय संस्थाका सम्पूर्ण सेवाहरू पूर्ण रूपमा बन्द रहनेछन् ।
- असार २६ गतेदेखि शेयर कारोबार रोक्का: मर्जर प्रक्रियाका कारण आगामी असार २६ गतेदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) को दोस्रो बजारमा कम्पनीको शेयर कारोबार रोक्का रहने जानकारी दिइएको छ ।
मर्जरपछि संस्थाको पुँजीगत आधार थप बलियो हुने र ग्राहकहरूले अझ परिष्कृत वित्तीय सेवा पाउने अपेक्षा गरिएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




