
काठमाडौं, १२ असार ।पूर्वी नेपालको व्यापारिक केन्द्र विराटनगरमा सञ्चालित पाँचतारे होटलको माउ कम्पनी शुभ इन्टरनेशनल हस्पिटालिटी लिमिटेडले आफ्नो जारी पूँजीको २० प्रतिशत साधारण सेयर (आइपिओ) सर्वसाधारणका लागि निष्काशन गर्ने भएको छ ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । यससम्बन्धी सम्झौतापत्रमा शुभ इन्टरनेशनल हस्पिटालिटी लिमिटेडका अध्यक्ष कविन श्रेष्ठ र मुक्तिनाथ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले हस्ताक्षर गर्नुभएको छ । उक्त सम्झौता कार्यक्रममा कम्पनीका प्रतिनिधि विकास चौधरी तथा सञ्चालक प्रशान्त तातेडको समेत उपस्थिति रहेको थियो ।
विराटनगरको पहिलो अन्तर्राष्ट्रिय पाँचतारे होटल
पूर्वी नेपालको आतिथ्य तथा पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने उद्देश्यका साथ शुभ इन्टरनेशनल हस्पिटालिटी लिमिटेडले विराटनगरको धरान रोडमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल सञ्चालनमा ल्याएको हो । सन् २०२६ अप्रिल ३० देखि सञ्चालनमा आएको यो होटल भारतको प्रतिष्ठित ‘लेमन ट्रि होटल्स’ समूह अन्तर्गतको ‘कार्नेसन होटल्स प्रालि’ सँगको व्यवस्थापन साझेदारीमा सञ्चालित छ । यो विराटनगरकै पहिलो अन्तर्राष्ट्रिय ब्राण्डअन्तर्गत सञ्चालित पाँचतारे होटल हो ।
भविष्यमा क्यासिनो समेत चलाउने योजना
आधुनिक सुविधा र अन्तर्राष्ट्रिय सेवा मापदण्डसहित सञ्चालित यस होटलले व्यावसायिक यात्रु, स्वदेशी तथा विदेशी पर्यटक, ठूला सम्मेलन, विवाह तथा अन्य विशेष कार्यक्रमका लागि विश्वस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।
उत्कृष्ट व्यवस्थापनमार्फत पूर्वी नेपालको पर्यटन प्रवद्र्धन, आर्थिक गतिविधिको विस्तार तथा आतिथ्य उद्योगको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास कम्पनीले व्यक्त गरेको छ । साथै, कम्पनीले निकट भविष्यमा होटल परिसरभित्रै क्यासिनो समेत सञ्चालन गर्ने योजना रहेको जानकारी गराएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




