
काठमाडौं, १४ असार । ग्लोबल आईएमई बैंकले मुलुकमा लघु, साना तथा मझौला उद्यम (एमएसएमई) प्रवर्द्धन गर्ने उद्देश्यले ‘उद्यमशाला’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ। विश्व लघु, साना तथा मझौला व्यवसाय दिवसको अवसरमा आयोजित कार्यक्रममा बैंकले कार्यक्रमको औपचारिक घोषणा गर्दै देशभरका उद्यमी तथा नवप्रवर्तनकारी सोच भएका व्यक्तिहरूबाट आवेदन आह्वान गरेको हो।
बैंकका अनुसार ‘उद्यमशाला’ कार्यक्रमको उद्देश्य नवप्रवर्तनको सोच भएका व्यक्तिलाई सफल उद्यमी बन्न प्रेरित गर्नुका साथै सञ्चालनमा रहेका लघु, साना तथा मझौला व्यवसायलाई दिगो, प्रतिस्पर्धी र प्रतिष्ठित बनाउन आवश्यक ज्ञान, सीप तथा परामर्श उपलब्ध गराउनु हो।
काठमाडौंको कमलादीस्थित बैंकको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले कार्यक्रमको शुभारम्भ गर्दै आवेदन प्रक्रिया खुला गरिएको जानकारी दिए। उनले लघु तथा साना व्यवसायीहरूले भोगिरहेका साझा चुनौती समाधान गर्न विषयविज्ञ, अनुभवी व्यवसायी र प्रशिक्षकमार्फत व्यावहारिक ज्ञान तथा समस्या समाधानका उपाय प्रदान गरिने बताए।
बैंकले ‘उद्यमशाला’ कार्यक्रमलाई इन्क्युबेसन र एक्सिलेरेसन गरी दुई चरणमा सञ्चालन गर्ने जनाएको छ।
इन्क्युबेसन कार्यक्रम नयाँ र नवप्रवर्तनकारी व्यावसायिक सोच भएका तर व्यवसाय कसरी सुरु गर्ने भन्ने अन्योलमा रहेका युवालाई लक्षित हुनेछ। यसअन्तर्गत क्षमता विकास, व्यवसायिक सञ्जाल विस्तार तथा मार्गनिर्देशन प्रदान गरिनेछ।
त्यस्तै, एक्सिलेरेसन कार्यक्रम हाल सञ्चालनमा रहेका तर व्यवसाय विस्तार वा स्तरोन्नतिमा चुनौती भोगिरहेका उद्यमीका लागि हुनेछ। यसमार्फत क्षमता अभिवृद्धि, आधुनिक प्रविधिको प्रयोग, बजारीकरण तथा सम्बन्धित निकायसँग पहुँच विस्तारमा सहजीकरण गरिने बैंकले जनाएको छ।
कार्यक्रममा सहभागीहरूले व्यवसाय दर्ता, कर तथा कानुनी प्रक्रिया, बजार अध्ययन, उत्पादन व्यवस्थापन, वित्तीय व्यवस्थापन तथा बैंक तथा वित्तीय संस्थासँगको पहुँचलगायत विषयमा व्यावहारिक प्रशिक्षण र परामर्श प्राप्त गर्नेछन्।
ग्लोबल आईएमई बैंकले हालसम्म ‘बेस्ट बैंक नेपाल’, ‘युरोमनी अवार्ड फर एक्सलेन्स’, ‘बेस्ट इन्टरनेट बैंक’, ‘बेस्ट बैंक ईएसजी नेपाल’ तथा ‘बेस्ट इम्प्लोयर’ लगायतका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




