सिद्धार्थ बैंकको पौने ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

-



     सफल आवाज    
     असार १५ गते २०८३ मा प्रकाशित



काठमाडौं, १५ असार । सिद्धार्थ बैंक लिमिटेडले सर्वसाधारण तथा विभिन्न संघ-संस्थाहरूका लागि आफ्नो संस्थापक समूहको करिब पौने ३ लाख कित्ता सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले संस्थापक समूहको कुल २ लाख ७२ हजार ७३७ कित्ता सेयर सर्वसाधारण र संस्थाहरूले समेत खरिद गर्न पाउने गरी खुला गरेको हो ।

विद्यमान संस्थापकबाट आवेदन नपरेपछि नयाँ प्रक्रिया

यसअघि बैंकले नियमानुसार आफ्ना विद्यमान संस्थापक सेयरधनीहरूका लागि मात्रै यो सेयर बिक्री खुला गरेको थियो । तर, तोकिएको समयभित्र विद्यमान संस्थापकहरूबाट कुनै पनि आवेदन नपरेपछि बैंकले अहिले अन्य इच्छुक सर्वसाधारण व्यक्ति तथा संगठित संघ-संस्थाहरूका लागि यो अवसर प्रदान गरेको जनाएको छ ।

आवेदन दिने कसरी र कहिलेसम्म?

यो सेयर खरिद गर्न इच्छुक लगानीकर्ता (व्यक्ति वा संस्था) ले आवश्यक प्रक्रिया पूरा गरी ७ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ । आवेदन फारम काठमाडौँको नक्सालस्थित सिद्धार्थ बैंकको केन्द्रीय कार्यालयमा बुझाउनु पर्ने बैंकले जनाएको छ ।