
काठमाडौं, १७ असार। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट एकैसाथ सम्मानित भएको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा वार्षिक रुपमा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन (बिपिए) अवार्डअन्तर्गत नबिल बैंकले निजी क्षेत्रको बैंकतर्फ लगातार तेस्रो पटक ‘गोल्ड अवार्ड’ प्राप्त गरेको हो।
मंगलबार काठमाडौँमा आयोजित एक विशेष समारोहबीच आइक्यानका अध्यक्ष सि.ए. निलबहादुर सारु मगरले नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र वित्त प्रमुख सन्दिप बाबु पौडेललाई उक्त अवार्डहरू हस्तान्तरण गर्नुभयो।
विधागत उपलब्धिहरू
बैंकले यस वर्ष गोल्ड अवार्डका साथै बिपिए पुरस्कारको इतिहासमै पहिलो पटक थपिएका दुई नयाँ विधामा पनि सफलता हासिल गरेको छ:
- निजी क्षेत्रको बैंकतर्फ गोल्ड अवार्ड: लगातार तेस्रो वर्ष (सन् २०२३, २०२४ र २०२५ को वार्षिक प्रतिवेदनका लागि)।
- कर्पोरेट गभर्नेन्स डिस्क्लोजर अवार्ड: ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित।
- सस्टेनेबिलिटी रिपोर्टिङ अवार्ड: ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित।
दक्षिण एसियाली स्तरमा मनोनयन: आइक्यानले आर्थिक वर्ष २०२५ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता, सुशासन र दीगोपना जस्ता कडा मापदण्डका आधारमा नबिल बैंकलाई उत्कृष्ट ठहर गरेको हो। यो पुरस्कृत वार्षिक प्रतिवेदन अब दक्षिण एसियाली स्तरमा आयोजना गरिने प्रतिष्ठित साफा (SAFA) बिपिए अवार्डका लागिसमेत मनोनित हुने आयोजक संस्थाले जनाएको छ।
चार दशकको विरासत र आधुनिक बैंकिङ
विगत चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको नबिल बैंकले पछिल्लो समय ‘दिगो बैंकिङ’को अवधारणालाई आत्मसात् गर्दै डिजिटल बैंकिङका लागि ‘एनबैंक’ (nBank) सञ्चालनमा ल्याएको छ।
हाल बैंकले देशभर रहेका आफ्ना २६६ शाखा सञ्जाल र ३१८ वटा एटिएम मेसिनमार्फत २५ लाखभन्दा बढी ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकले आगामी दिनमा पनि आफ्ना सम्पूर्ण सरोकारवालाहरूसँग बलियो सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




