माछापुच्छ्रे बैंकलाई ‘उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२५’ अन्तर्गत कास्य पुरस्कार

-



     सफल आवाज    
     असार १८ गते २०८३ मा प्रकाशित



काठमाडौं, १८ असार । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) द्वारा प्रदान गरिने प्रतिष्ठित ‘राष्ट्रिय उत्कृष्ट बार्षिक प्रतिवेदन अवार्ड २०२५’ (Best Presented Annual Report Award – BPA) अन्तर्गत कास्य पुरस्कार प्राप्त गरेको छ ।

बैंकले तयार पारेको वार्षिक प्रतिवेदनमा वित्तीय पारदर्शिता, सुशासन, उत्तरदायित्व तथा सूचना प्रस्तुतीकरणको उच्चस्तरीय अभ्यासलाई आत्मसात् गरेको आधारमा उक्त पुरस्कार प्रदान गरिएको हो ।

काठमाडौँमा आयोजित एक विशेष औपचारिक समारोहका बीच माछापुच्छ्रे बैंकका नायव महाप्रबन्धक सुभाष जमरकट्टेलले उक्त पुरस्कार ग्रहण गर्नुभएको छ ।

यस सम्मानले माछापुच्छ्रे बैंकले संस्थागत सुशासन, पारदर्शिता, वित्तीय अनुशासन तथा अन्तर्राष्ट्रिय स्तरका प्रतिवेदन मापदण्डहरू अवलम्बन गर्दै आफ्ना सरोकारवालाप्रति उत्तरदायी रहन गरेको निरन्तर प्रयासलाई थप उचाईमा पुर्‍याउन मद्दत गर्ने विश्वास बैंकले लिएको छ ।

माछापुच्छ्रे बैंकले आधुनिक प्रविधिमा आधारित सुरक्षित, सहज तथा ग्राहकमैत्री बैंकिङ सेवा विस्तार गर्दै देशभर आफ्नो बृहत् सेवा सञ्जालमार्फत वित्तीय समावेशीकरण र दिगो आर्थिक विकासमा निरन्तर महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।