यूनाइटेड अजोड इन्स्योरेन्सकाे ६३ हजार कित्ता बढी संस्थापक सेयर लिलाम बिक्रीमा

-



     सफल आवाज    
     असार १८ गते २०८३ मा प्रकाशित



काठमाडौं, १८ असार । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको अवितरित हकप्रद सेयर लिलामी (अक्सन) मार्फत बिक्री खुला गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै ६३ हजार ८४७ कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा राखिएको जनाएको छ।

कम्पनीले यसअघि १००:१० को अनुपातमा हकप्रद सेयर बिक्री खुला गरी आवेदन माग गरेको थियो। सो अवधिमा आवेदन नपरेपछि ती सेयरहरू लिलामीमा लगिएको हो। कम्पनीले पहिलो पटक गत २०८३ जेठ २९ गतेदेखि असार ८ गतेसम्म विद्यमान संस्थापक सेयरधनीहरूका लागि मात्रै बोलपत्र आह्वान गरेको थियो।

तर, सो समयमा कुनै पनि दरखास्त प्राप्त नभएकाले अहिले सर्वसाधारण र अन्य योग्य संस्थाहरूले समेत किन्न पाउने गरी लिलामी खुला गरिएको कम्पनीले स्पष्ट पारेको छ।

को-को हुन् योग्य र कहाँ दिने आवेदन ?

यो सेयर खरिद गर्न इच्छुक कम्पनीका विद्यमान संस्थापक सेयरधनीका साथै योग्य इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ तथा संस्थाहरूले आवेदन दिन सक्नेछन्।

आवेदकहरूले आगामी साउन १ गते शुक्रबार बैंकिङ समयभित्र निम्न स्थानहरूबाट आवेदन फारम प्राप्त गर्न र बुझाउन सक्नेछन्:

  • बिक्री प्रबन्धक: लक्ष्मी सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौँ।
  • लक्ष्मी सनराइज बैंकका तोकिएका शाखाहरू:
    • कोशी प्रदेश: विराटनगर (हनुमानदास सडक)
    • मधेश प्रदेश: वीरगन्ज (आदर्शनगर) र जनकपुर (भानुचोक)
    • बागमती प्रदेश: हेटौँडा (पारिजात पथ) र नारायणघाट (बालकुमारी)
    • गण्डकी प्रदेश: पोखरा (न्युरोड)
    • लुम्बिनी प्रदेश: बुटवल (मिलनचोक) र नेपालगन्ज (न्युरोड)
    • कर्णाली प्रदेश: वीरेन्द्रनगर
    • सुदूरपश्चिम प्रदेश: धनगढी (शहीदगेट)

इच्छुक लगानीकर्ताहरूले तोकिएको समयसीमाभित्र बोलपत्र आवेदन बुझाई यस प्रक्रियामा सहभागी हुन सक्नेछन्।