त्रिभुवन विमानस्थलबाट सुन र चाँदी जस्तो देखिने भारी परिमाणका गहनासहित २ जना पक्राउ

-



     सफल आवाज    
     असार १८ गते २०८३ मा प्रकाशित



काठमाडौं, १८ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स (Cargo Complex) भवनबाट अमेरिका पठाउन लागिएको कपडाको बाकसभित्र लुकाइएको अवस्थामा ठुलो परिमाणमा सुन तथा चाँदी जस्तो देखिने धातुका गरगहना बरामद गरिएको छ।

अवैध रूपमा यी सामग्री बाहिर पठाउन लागेको आरोपमा प्रहरीले कार्गो र लजिस्टिक कम्पनीका दुई जना सञ्चालकलाई नियन्त्रणमा लिएको छ।

विमानस्थल सुरक्षा कार्यालयका अनुसार आ.व. २०८२/०८३ को मिति २०८३/०३/१६ गते अन्दाजी १७:३० बजे उक्त सामग्री फेला परेको हो।

कसरी भयो बरामद ?

Manifest No. AMS AP 321 मा जुत्ता, पाइन्ट, सारी र अन्य कपडाहरू उल्लेख गरी संयुक्त राज्य अमेरिका (USA) पठाउन लागिएको एउटा कार्गो बाकसलाई एक्स-रे (X-ray) मेशिनमा चेकिङ गर्दा शंकास्पद दृश्य देखिएको थियो।

Manifest मा उल्लेख भएअनुसारका सामान बाहेक अन्य चिज देखिएपछि सुरक्षाकर्मीले बाकस खोलेर चेकजाँच गर्दा लुकाएर राखिएका पहेलो रंगका सुन जस्ता देखिने धातुका विभिन्न परम्परागत तथा आधुनिक गरगहनाहरू फेला परेका हुन्।

उक्त सामग्रीहरू Unique Cargo Jhapa, बौद्धद्वारा Apex Logistic Pvt. Ltd. मार्फत काठमाडौँबाट अमेरिका पठाउने तयारी गरिएको थियो।

पक्राउ पर्नेहरू को-को हुन्?

गहनाहरू बरामद भएलगत्तै संलग्नताको आधारमा प्रहरीले तत्काल दुई जनालाई नियन्त्रणमा लिएको छ: १. यज्ञराज सुवेदी (४६ वर्ष): Apex Logistic Pvt. Ltd. का सञ्चालक २. राम प्रसाद दाहाल (३४ वर्ष): Unique Cargo Jhapa, बौद्धका सञ्चालक पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

बरामद भएका मुख्य गरगहनाहरू (पहेलो धातु):

बरामद गरिएका पहेलो रंगको सुन जस्तो देखिने धातुका गहनाहरूको विवरण यसप्रकार छ:

  • नौगेडी: ठुलो थान- २२, सानो थान- ४४ र २१ गेडी थान- १४
  • चन्द्रमा: थान- १६
  • जन्तर: थान- २०
  • ब्रोच (Brooch): Single Brooch थान- १८ र Double Brooch थान- १८
  • शिरफुल: ठुलो थान- ५ र सानो थान- २
  • नेपालको झण्डा अंकित Brooch: थान- १६
  • खुकुरी आकारको Brooch: थान- २३
  • मंगलसूत्र: थान- १८
  • मोतीमाला: थान- ३९
  • रानीहार: थान- १
  • त्रिशुल: थान- १ रहेका छन् ।