
काठमाडौं, २२ असार। अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ११ जना संस्थापक सेयरधनीहरूको नाममा रहेको कुल ६७ हजार ३५० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।
कम्पनीका अनुसार यो सेयर खरिदका लागि हाल कायम रहेका संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन पाउनेछन्।
आवेदन दिने प्रक्रिया र स्थान
इच्छुक संस्थापक सेयरधनीहरूले यो सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात तथा प्रमाण संलग्न गरी आफूले किन्न चाहेको सेयर कित्ता संख्या खुलाएर आवेदन दिनुपर्नेछ। आवेदनका लागि दुई स्थान तोकिएका छन्: १. वित्तीय संस्थाको केन्द्रीय कार्यालय: पनौती–४, काभ्रेपलाञ्चोक २. सेयर रजिष्ट्रारको कार्यालय: कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल, काठमाडौँ
कम्पनीले तोकेको ३५ दिनको समयभित्र हाल कायम संस्थापक सेयरधनीहरूबाट कुनै आवेदन नआएमा प्रचलित नियमानुसार सर्वसाधारण वा अन्य बाह्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने जानकारी दिएको छ।
सेयर बिक्री गर्ने संस्थापकहरू र कित्ता विवरण:
कम्पनीले दिएको जानकारी अनुसार देहायका संस्थापक सेयरधनीहरूको सेयर बिक्रीमा राखिएको हो:
- पुष्पज्याेती ढुङ्गाना: ३३,५०० कित्ता
- श्रीलाल माझि: ९,००० कित्ता
- देव बहादुर पाख्रिन: ५,००० कित्ता
- रामप्रसाद पुडासैनी: ५,००० कित्ता
- घनश्याम राउत: ५,००० कित्ता
- प्रदिप लामिछाने: २,५०० कित्ता
- गुण विक्रम कुँवर: २,००० कित्ता
- रमेश भण्डारी: १,३५० कित्ता
- दुर्गा बहादुर पाख्रिन: १,००० कित्ता
- जगन्नाथ नेपाल: १,००० कित्ता सेयर बिक्रीमा राखिएकाे छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




