
काठमाडौं, २३ असार। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति आजै सार्वजनिक गर्ने तयारी गरेको छ। केन्द्रयी बैंक (राष्ट्र बैंक) को संचालक समितिको बैठक अहिले बसिरहेको र उक्त बैठकबाट नीति पारित भए लगत्तै आजै मौद्रिक नीति सार्वजनिक गरिने बुझिएको छ।
यस वर्षको मौद्रिक नीतिले सुस्त रहेको समग्र आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उद्देश्यसहित लचिलो कार्यदिशालाई निरन्तरता दिने अपेक्षा गरिएको छ।
नीति निर्माणका क्रममा मौद्रिक कार्यदिशा, विभिन्न मौद्रिक औजारको प्रयोग तथा ब्याजदर करिडोरसम्बन्धी व्यवस्था समेटिने भए पनि नियामकीय प्रावधानहरूमा भने यसपटक मौद्रिक नीतिमार्फत कुनै परिवर्तन नगरिने तयारी रहेको राष्ट्र बैंक स्रोतले जनाएको छ।
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने र मुद्रास्फीति (महँगी) ६ प्रतिशतभित्रै कायम राख्ने लक्ष्य अघि सारेको छ। राष्ट्र बैंकले सरकारको यही आर्थिक लक्ष्यलाई पूर्ण रूपमा सहयोग पुग्ने गरी यस पटकको मौद्रिक नीति तयार पारेको जनाइएको छ।
नीति सार्वजनिक भएपछि यसले बजारमा कस्तो प्रभाव पार्छ र यसका मुख्य व्यवस्थाहरू के-के हुन् भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




