सुन तोलामा २ हजार ७०० र चाँदी १७० रुपैयाँले बढ्यो

-



     सफल आवाज    
     असार २६ गते २०८३ मा प्रकाशित



काठमाडौं, २६ असार । केही दिनदेखि निरन्तर घटिरहेको सुनको मूल्यमा शुक्रबार नेपाली बजारमा ठूलो वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँले बढेको हो।

मूल्य वृद्धि भएसँगै आज छापावाल सुन प्रतितोला २ लाख ८७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार सुन प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै आज चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ। शुक्रबार चाँदी प्रतितोला १७० रुपैयाँले बढेर ४ हजार ५१० रुपैयाँ पुगेको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ३४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।