
काठमाडौं, ५ साउन । नेको इन्स्योरेन्स लिमिटेडले आफ्नो १२ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल कायम रहेका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न पाउने गरी उक्त शेयर बिक्रीमा ल्याएको हो।
कम्पनीका संस्थापक शेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्रीका लागि निवेदन दिएपछि असार ३१ गते बसेको सञ्चालक समितिको बैठकले शेयर बिक्री प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका उक्त शेयर बिक्रीका लागि ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ।
नेपाल बीमा प्राधिकरणद्वारा जारी ‘बीमकको संस्थापक शेयर कारोबारसम्बन्धी निर्देशिका’ बमोजिम संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता आफ्नै समूहका विद्यमान शेयरधनीहरूलाई दिनुपर्ने व्यवस्था रहेको छ। सोही कानुनी प्रावधान अनुसार पहिलो चरणमा हालका संस्थापक शेयरधनीहरूका लागि मात्रै आवेदन खुला गरिएको कम्पनीले जनाएको छ।
इच्छुक संस्थापक शेयरधनीहरूले आफूले लिन चाहेको शेयर कित्ता र प्रतिशेयर मूल्य स्पष्ट खुलाई ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय (ज्ञानेश्वर, काठमाडौँ) मा निवेदन पेश गर्नुपर्नेछ।
तोकिएको समयावधिभित्र विद्यमान संस्थापकहरूबाट कुनै निवेदन नपरेमा वा बिक्रीमा राखिएको कुल कित्ताभन्दा कम परिमाणका लागि मात्र आवेदन आएमा, प्रचलित नियम/कानुन अनुसार अन्य सर्वसाधारण व्यक्ति तथा संघ-संस्थालाई शेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने कम्पनीले स्पष्ट पारेको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




