
काठमाडौं, ७ साउन। बिहीबार शेयर बजार परिसूचक (नेप्से) सामान्य अङ्कले बढेर बन्द भएको छ। लगातार छ कारोबार दिनको वृद्धिपछि अघिल्लो दिन करेक्सन भएको नेप्से, बिहीबार पनि ‘इन्ट्रा-डे’ करेक्सनपछि अन्तिम समयमा सकारात्मक लयमा फर्किंदै बन्द भएको हो।
यस दिन नेप्से परिसूचक १४.१७ अङ्कले बढेर २७२६.७२ विन्दुमा पुगेको छ। यस्तै, सेन्सेटिभ इण्डेक्स ०.९८ अङ्क, फ्लोट इण्डेक्स ०.७३ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२९ अङ्कले बढेका छन्।
नेप्से परिसूचकमा सुधार आए पनि कारोबार रकममा भने गिरावट आएको छ। अघिल्लो कारोबार दिन (बुधबार) रु. ५ अर्ब १८ करोड बराबरको शेयर खरिदबिक्री भएकोमा बिहीबार रु. ४ अर्ब ६९ करोड ३४ लाख ४९ हजारमा सीमित भएको छ। यस दिन कुल ३३८ कम्पनीका १ करोड ७७ हजार कित्ता शेयर ५७ हजार ७८२ पटक खरिदबिक्री भएका छन्।

शेयर मूल्यमा उतारचढाव
यस दिन पनि एभरेष्ट कलर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर मूल्य रु. ७३.८० ले बढेर अन्तिम कारोबार रु. ५६६.६० मा भएको छ। त्यसैगरी, स्नो रिभर्सको शेयर मूल्य साढे १३ प्रतिशतभन्दा बढी र एपोलो हाइड्रोपावरको शेयर मूल्य ११ प्रतिशतले बढेको छ। यता कुथेली बुखरी स्मल हाइड्रोपावरका शेयरधनीहरूले भने सर्वाधिक १५ प्रतिशत गुमाएका छन्।
कारोबारमा शीर्ष कम्पनीहरू
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहन सफल भएको छ, जसको रु. २८ करोड ३३ लाख बराबरको शेयर कारोबार भयो। यस्तै, आँखु खोला जलविद्युत् कम्पनीको साढे २७ करोड र रिडी पावरको करिब २५ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
उपसमूहगत अवस्था
कारोबारमा आएका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.५८ प्रतिशतले बढेको छ भने जलविद्युत् उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। यता लगानी र अन्य उपसमूहका परिसूचकमा भने सामान्य गिरावट आएको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




